तुलसीपुर,साउन ४ । तुलसीपुर उमपहानगरपालिकाका जनप्रतिनिधि र कर्मचारीलाई आँखा चेक गरि निशुल्क चश्मा वितरण गरिएको छ ।
नेपाल नेत्रज्योति संघ, आँखा स्वास्थ्य कार्यक्रम राप्ती तथा बहादुरगंज अन्तर्गत सञ्चालित राप्ती आँखा अस्पतालले हेल्पिङ हाण्ड्स हेल्थ एण्ड एजुकेशन इन्टरनेश्नलद्धारा सहयोगार्थ प्राप्त सहयोग बाट ४० वर्ष नाघेका जनप्रतिनिधिहरु तथा कर्मचारीहरु लाई कार्यलयको कामकाज गर्दा दृष्टि सम्बन्धी आउने समस्या लाई मध्यनजर गर्दै त्यसलाई न्यूनिकरणका लागी निःशुल्क चश्मा वितरण गरिएको छ ।
नेपाल नेत्र ज्योति संघका केन्द्रिय सदस्य दाङका सपभाति कृष्णकुमार गिरीको सभापतित्व तथा तुलसीपुर उपमहानगरपालिकाका नगर प्रमुख टिकाराम खडकाको प्रमुख आतिथ्यता एव उपप्रमुख स्यानी चौधरीको विशिष्ट आतिथ्यमा सम्पन्न भएको कार्यक्रममा राप्ती आँखा अस्पतालका प्रशासक किरण पौडेलले निःशुल्क चश्मा वितरण कार्यक्रमको बारेमा प्रकाश पारेका हुन ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि नगरप्रमुख खड्काले अस्पतालले गरेको कार्य सहरानिय भएको भन्दै अन्धोपन तथा दृष्टि विहिनताको न्युुनिकरणकरणका लागि तुलसीपुर उपमहानगरपालिकाले अस्पताल संग सधै सहकार्य गर्ने प्रतिद्धता व्यक्त गरे ।
खड्काले आँखा जाँच गरि चश्मा उपलव्ध गराउने नयाँ काम गरेको भन्दै यस कार्यप्रति हामीहरु धन्यवाद दिए ।
त्यसै गरि संघका सभापति कृष्णकुमार गिरीले सवैको साथ र सहयोगले मात्र अन्धोपन न्यूनिकरण हुने भन्दै स्थानीय,प्रदेश र केन्द्रिय सरकार संग सधै सहकार्य आफुहरुले गरेर अगाडी बढेको बताए ।
उनले जनप्रतिनिधिहरु तथा कर्मचारीहरु लाई कार्यलयको कामकाज गर्दा दृष्टि सम्बन्धी आउने समस्या लाई मध्यनजर गर्दै निःशुल्क चश्मा वितरण गरिएको बताए ।
राप्ती आँखा अस्पतालका नेत्र अधिकृत शालिकराम गौतमलगायतको प्राविधिक टोलिले जनप्रतिनिधि र कर्मचारीको आँखा जाँच गरि आवश्यकता अनुसार चश्मा प्रदान गरिएको थियो ।
जनप्रतिनिधि र कर्मचारी गरि १५४ जनालाई निःशुल्क चश्मा वितरण गरिएको थियो । जनप्रतिनिधि तथा कर्मचारीहरुले दृष्टिदोष न्यूनिकरणका लागी गरिएको कार्यप्रति खुुसी समेत व्यक्त गरेका थिए ।
