दाङ,साउन ४ । समाजवादी प्रेस संगठन दाङको संयोजकमा दिपक कुमाल चयन भएका छन ।
नेकपा एकिकृत समाजवादीको जिल्ला र केन्द्रीय कमिटीले कुमाललाई शुभेच्छुक संस्था समाजवादी प्रेस संगठनको जिल्ला संयोजकको जिम्मेवारी प्रदान गरेको हो ।
नेकपा एसका तुलसीपुर नगर सचिव समेत रहनुभएका कुमाल पत्रकारिता क्षेत्रमा पनि क्रियाशिल रहेका छन ।
जिल्ला संयोजकको जिम्मेवारी पाउनुभएका उहाँले पत्रकारिता क्षेत्रको विकासमा लाग्ने प्रतिवद्धता गरेका थिए ।
उनले विचारका हिसावले राजनैतिक पाटीमा आवद्ध भएपनि पत्रकारितामा निष्पक्ष र स्वतन्त्ररुपमा कलम चलाउने बताए ।
प्रकाशित मिति : २०७९ साउन ४ गते बुधवार