२०८२ जेष्ठ १३ गते आइतवार

प्रतिष्ठानमा बितेको ३ महिनामा ६८२ जना महिलाले पाए निशुल्क प्रसुती सेवा

दाङ,साउन २ । दाङको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा आमा सुरक्षा कार्यक्रम निशुल्क रुपमा सञ्चालनमा आएपछि प्रतिष्ठानको सेवा थप प्रभावकारी बन्दै गएको छ ।

प्रतिष्ठानमा उपकुलपतिको रुपमा डा. विकास लामिछानेल जिम्मेवारी सम्हालेपछि आमा सुरक्षा कार्यक्रम निशुल्क रुपमा सञ्चालन भएको हो ।

बैशाख १ गतेदेखी आमा सुरक्षा कार्यक्रम सञ्चालनमा आएपछि प्रतिष्ठानमा निशुल्क प्रसुति गराउन आउने महिलाहरु सेवा पाउँदा खुसि भएका छन् ।

प्रतिष्ठानका रजिष्ट्रार प्रकाश थापाले निशुल्क प्रसुति सेवा दिन थालेपछि विरामिको संख्या बढ्दै गएको बताए ।

थापाका अनुसार प्रतिष्ठानमा प्रसुति सेवा निशुल्क भएपछि गएको तिन महीनाको अवधिमा नर्मल डेलिभरी र शल्यचिकित्सा सेवावाट ६ सय ८२ जना महीलाले सुरक्षित सुत्केरी सेवा पाएका छन् ।

प्रतिष्ठानका सुचना अधिकारी निशान दाजु भट्टराइले प्रतिष्ठानमा गएको वैशाखमा १ सय २८ जनाले महीलाले नर्मल डेलिभरी सेवा लिएका छन् भने निशुल्क शल्यचिकित्सा सेवावाट ७३ जना महीलाले प्रसुति सेवा पाएका छन् ।

उनका अनुसार जेठ महीनामा १ सय ४० जनाले नर्मल डेलिभरी र ९४ जना महीलाले शल्यकृया गरेर प्रसुति सेवा पाएकोे सुचना अधिकारी भट्टराइले बताए ।

त्यसै गरेर असारमा १ सय ४७ जना महिलाले नर्मल डेलिभरी र १ सय जना महीलाले शल्यचिकित्सावाट प्रसुति सेवा लिएको सुचना अधिकारी भट्टराइले जानकारी दिए ।

प्रतिष्ठानमा प्रसुति सेवा विभागवाट शिक्षाध्यक्ष तथा प्रसुति सेवा रोग विशेषज्ञहरु डा. वसन्त लामीछाने, डा. शिशिर कवर, डा. सुगन्ध श्रेष्ठ, डा.कृताञ्जलि घिमिरेले सेवा दिइरहेका छन ।

प्रकाशित मिति : २०७९ साउन २ गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *