२०८२ चैत्र १ गते आइतवार

हलवार स्वास्थ्य चौकीमा प्रसुति सेवा सुरु

तुलसीपुर,साउन १ । तुलसीपुर उपमहानगरपालिका वडा न. ४ मा रहेको हलवार स्वास्थ्य चौकीमा प्रसुति सेवा सुरु भएको छ ।

आइतवार एक कार्यक्रमका बिच तुलसीपुर उपमहानगरपालिकाका प्रमुख टिकाराम खड्काले २४ घण्टे प्रसुति सेवाको सुभारम्भ गरेका हुन । त्यस अवसरमा डेमोको माध्यमबाट प्रसुति गराइएको थियो ।

कार्यक्रमलाई सम्बोधन गर्दै नगरप्रमुख खड्काले वडाकै स्वास्थ्य चौकीमा प्रसुति सेवा सुरु भएसगैं प्रसुति गराउन अनेत्र जानुपर्ने बाध्यता हटेको बताए ।


उनले सिंगो तुलसीपुरबासीलाई स्वास्थ्य सेवाको पहुँचमा ल्याउन उपमहानगरपालिकाले स्वास्थ्यलाई पहिलो प्राथमिकतामा राखेर अगाडी बढेको बताए । उनले आफु निर्वाचित भएर आएसगैं उपमहानगरपालिका भित्रका जेष्ठ नागरिक र सुत्केरी महिलाहरुका लागि निशुल्क एम्बुलेन्स सेवाको व्यवस्था गरिएको पनि बताए ।

कार्यक्रममा जनस्वास्थ प्रवद्र्धन शाखाका सिहेव बिष्णु कुमार गिरीले उपमहानगरपालिका भित्रका ७ वटा स्वास्थ्य चौकीहरुमा प्रसुति सेवा सुरु भएको बताए । उनका अनुसार अब टरिगाउँ स्वास्थ्य चौकी र मेट्रो अस्पतालमा छिट्टै प्रसुति सेवा सुचारु गरिने जानकारी दिउ ।

तुलसीपुर उपमहानगरपालिका वडा न. ४ का वडाध्यक्ष तुलसी थापा मगरको अध्यक्षतामा भएको कार्यक्रममा स्वास्थ्य चौकीका नर्सिङ इन्चार्ज कमला गिरीले विगतका वर्षहरुको तुलनामा गएको आर्थिक वर्ष २०७८÷०७९मा प्रसुति सेवा लिनेको सख्यामा बृद्धि भएको बताइन । उनका अनुसार गएको वर्ष ७६ जनाले प्रसुति सेवा लिएका छन । जसमा २० वर्ष मुनिका २२ जना र २० वर्ष माथीका ५४ जना रहेका छन ।


हलवार स्वास्थ्य चौकीका एच.ए बिबेक बिएमको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण स्वास्थ्य चौकीका इज्चार्ज शिव बहादुर तिवारीले गरेका थिए ।

प्रकाशित मिति : २०७९ साउन १ गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *