२०८१ बैशाख ११ गते मङ्गलवार

हामीले गरेका प्रतिवद्धता पुरा गछौ : अध्यक्ष डिसी

दाङ, ३ फागुन । घोराही खानेपानी संस्थाका अध्यक्ष देवीवहादुर डिसीले आफुहरुले चुनावमा गरेका प्रतिवद्धता पुरा गर्ने बताएका छन् । दाङ जिल्ला उद्योग वाणिज्य संघले आयोजना गरेको नव निर्वाचित खानेपानी संस्थामा पदाधिकारीहरु लाई स्वागत तथा सम्मान कार्यक्रममा उनले यस्तो बताएका हुन ।

‘हाम्रो पहिलो प्राथकिम्ता उपभोक्ता लाई शुद्ध खाने पानी खुवाउने हो’ अध्यक्ष डिसीले भने । त्यसका लागि अगाडि वढने उनको भनाइ रहेको छ । संस्था आउदा दिनमा खानेपानीको मुहान संरक्षण, स्रोत वृद्धि गर्ने आफुहरु अगाडि वढाए । सवैको सहयोगमा नै संस्था अगाडि वढने उनको भनाइ रहेको छ । क्ुनै पनि काम एक्लै अगाडि वढन सफल नहुने भएकाले सवैको सहयोग आवस्यक रहेको उनको भनाइ छ । आफु जित सम्पुर्ण उपभोक्ताहरुको जित भएको बताए ।

कार्यक्रम दाङ जिल्ला उद्योग वाणिज्य संघका अध्यक्ष नारायणप्रसाद भुसालको अध्यक्षतामा भएको थियो । कार्यक्रममा संघका संस्थापक अध्यक्ष तोरणध्वज श्रेष्ठ, पुर्व अध्यक्षहरु माधवप्रसाद शर्मा, चन्द्रराज पन्त लगाएकाले भनाइ राखेका थिए । संघका उद्योग उपाध्यक्ष वसन्त जोसीको स्वागत मन्तव्य वाट सुरु भएको कार्यक्रमको सहजिकण संघका सचिव माया पोख्रेलले गरेकी थिइन । कार्यक्रममा निर्वाचित पदाधिकारीहरु लाई टिका र माला लगाएर स्वागत गरीएको थियो ।

प्रकाशित मिति : २०७५ फाल्गुन ३ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *