२०८२ चैत्र ३ गते मङ्गलवार

दाङ जिल्ला पूर्ण खोप सुनिश्चित

दाङ, असार ३१ । दाङ पूर्ण खोप सुनिश्चितता जिल्ला बनेको छ । जिल्लाका १० वटै पालिका पुर्ण खोप सुनिश्चितता घोषणा गरिएपछि बिहीबार जिल्ला नै पूर्ण खोप सुनिश्चितता तथा दिगोपना जिल्ला बनेको हो ।

जिल्ला खोप समन्वय समिति सदस्य सचिव एवम् स्वास्थ्य कार्यालय दाङका प्रमुख अंगदबहादुर शाहीले जन्मेदेखि १५ महिनासम्म लगाउने खोप सबैले लगाइसकेको प्रमाणिकरणसमेत भैसकेपछि गरिएको बताए । उनले यो अभियानलाई अब दिगोपन बनाउन ध्यान दिनुपर्ने बताए ।

गत वर्ष ४ पालिका मात्रै पूणर् खोप सुनिश्चित भएको र कोरोनाले असर गर्दा सम्भव नभएपनि यो पटक ढिलै भएपनि सफल भएको उनको भनाई छ ।

असारको ३ गते राप्ती गाउँपालिकालाई जिल्ला खोप समन्वय समितिले पूणर् खोप सुनिश्चित पालिका घोषणा गरेसँगै शुरु भएको पालिका स्तरीयपूणर् खोप सुनिश्चित घोषणा अभियान अन्तर्गत असार २६ गते बबईलाई सबैभन्दा पछि पूणर् खोप सुनिश्चित घोषणा गरिएको थियो ।

स्वास्थ्य निर्देशनालय बुटवलका प्रतिनिधि गणेशप्रसाद सापकोटाले अब खोप संस्था कहाँ छ भन्दै बालबालिकालाई खोप लगाउने गरी उत्प्रेरण जगाउन अभिभावकलाई सचेत बनाउन आवश्यक रहेको बताए ।

जिल्लाका सबै पालिकाहरुले नेपाल सरकारले ल्याएका सबै स्वास्थ्य कार्यक्रमहरुलाई पालिकाले पूणर्रुपमा कार्यान्वयन गर्ने प्रतिवद्धता जनाएका छन् ।

त्यसका लागि स्वास्थ्य क्षेत्रलाई विशेष प्राथमिकतामा राखिने पनि उनीहरुको अभिव्यक्ति रहेको छ । समृद्ध पालिका निर्माणका लागि स्वस्थ जनशक्ति आवश्यक हुने आफूले परिकल्पना गरेको पनि स्थानीय पालिकाले जनाएका छन् ।

प्रकाशित मिति : २०७९ असार ३१ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *