२०८२ चैत्र १ गते आइतवार

राप्ती बबईका संस्थापक अध्यक्ष तथा काँग्रेस नेता दीपक गिरीलाई गुरुपूर्णिमाको दिन क्याम्पसका प्राध्यापकले गरे स्वागत

तुलसीपुर, असार २९ । राप्ती बबई क्याम्पसका संस्थापक अध्यक्ष तथा नेपाली काँग्रेसका केन्द्रीय सदस्य दीपक गिरीलाई गुरुपूर्णिमाको अबसरमा क्याम्पसका प्राध्यापकले स्वागत गरेका छन् ।

बुधबार बिहान पूर्व सिंचाई मन्त्रीसमेत रहेका क्याम्पसका संस्थापक गिरीलाई क्याम्पसमा निम्त्याएर स्वागत गर्नुको साथै क्याम्पसको बिद्यमान अवस्था र भविश्यमा क्याम्पसको विकासका लागि गर्नुपर्ने काम कुराहरुको बारेमा क्याम्पसका प्राध्यापकहरुले ध्यानाकर्षण गराएका थिए ।

नेता गिरीकै पहलमा राप्ती बबई क्याम्पस आज भन्दा ३२ बर्ष पहिले २०४७ सालमा स्थापना भएको थियो । जतिखेर तुलसीपुर लगाएत पश्चिम दाङ, सल्यान, रुकुम र पश्चिम रोल्पाका गरिबका छोरा छोरी उच्च शिक्षा अध्यन गर्नका लागि घोराही, नेपालगञ्ज वा काठमाडौं जानुपर्ने बाध्यता थियो ।

क्याम्पस प्राध्यापकहरु संग गिरी क्याम्पस स्थापना गर्ने ताका अर्थात ३२ बर्ष अगाडि पुग्दै पश्चिम दाङमा शिक्षाको दियो बाल्नका लागि तुलसीपुरमा सामुदायिक क्याम्पस राप्ती बबई स्थापना गरेको स्मरण गरेका थिए ।

‘त्यतिखेर उच्च शिक्षा अध्यनका लागि बाहिर जानुपर्ने बाध्यता थियो र उतिखेर छोरी बुहारीलाई बाहिर पढ्न जान नदिने खराब प्रलचन थियो,’ गिरीले ३२ बर्ष अगाडिको समाजको चिन्तन स्मरण गर्दै भने ‘ एलएलसी उत्तिर्ण गरेकी छोरी भए बरु बिहे गरिदिने र बुहारी भए पढाई छोड्न बाध्य हुनुपर्ने नजिरको अन्त्य गर्ने सोचले मेरो पहलमा तुलसीपुरमा क्याम्पस स्थापना गरिएको हो ।’

तुलसीपुरमा उच्च शिक्षा अध्यनका लागि पहिलो पटक २०४७ सालमा क्याम्पस स्थापना भएपछि पढाई बाट बञ्चित हुन बाध्यपारिएकाहरु मध्य झन्डै ९० प्रतिसत छात्रा क्याम्पसका भर्ना भएको संस्थापक अध्यक्ष गिरीले स्मरण गरे ।

‘ २०४७ सालको बिद्यार्थी भर्नाको रेकर्ड पल्टाएर हेर्नुहोस त्यतिखेर ९० प्रतिसत लेडिज राप्ती बबई क्याम्पसमा अध्यनका लागि भर्ना भएका छन्,’ गिरीले भने ‘ उतिखेर छोरा मान्छेलाई पढ्नका लागि घोराही वा नेपालगञ्ज पठाइपनि छोरीलाई टाढा पढ्न जान नदिने गलत प्रचलन थियो ।’

तुलसीपुरमा क्याम्पस खुलेपछि पढाई बाट बञ्चित पारिएका छोरी बुहारीले पनि पढ्न अवसर सृजना भएको नेता गिरीले बताए ।

इतिहासमा एमए ९स्नातोक्तोर० गरेपछि आँफुलाई काठमाडौंस्थित त्रिभुवन विश्वविद्यालयमा प्राध्यापन गर्न आग्रह गरेपनि आँफुहरुले पश्चिम दाङमा शिक्षाको विकासका लागि सामुदायिक क्याम्पस संस्थापना गरि समाज विकास र रुपमान्तरणमा महत्वपूर्ण भूमिका निर्वाह गरेको नेता गिरीले बताए ।

‘मैले कमाउन चाहेको भए त्यतिखेरै आफ्नै निजी शैक्षिक संस्था खोल्न सक्थे,’ उनले थपे ‘ तर, मैले ब्यक्तिगत लाभ भन्दापनि यो ठाउँ र समाजका लागि केहीगर्ने अठोट लिएको हुँदा क्याम्पस स्थापना भएको हो।’

क्याम्पस स्थापना गर्दा भोग्नु परेका अप्ठेराहरु पनि नेता गिरीले प्राध्यापक र क्याम्पसका कर्मचारीसंग बाँडेका थिए । क्याम्पस दर्ता प्रक्रियाको लागि साढे ६ लाख रकम त्रिभुवन विश्वविद्यालयमा दाखिला गर्नुपर्ने हुन्थ्यो । तर, ऋण सापटी गर्दापनि जम्मा साढे १ लाख जति मात्रै संकलन हुने अवस्था देखियो ।

‘त्यतिखेर तुलसीपुरको बजार नै थिएन भनेपनि हुन्छ र भरखरै बहुदल आएको अवस्था थियो,’ गिरीले भने ‘ साढे ६ लाख रकम जोहो गर्न नसकेपछि म आँफै टियूमा पुगेर मै हुँ साढे ६ लाख दर्ता गर्नुस भनेर भनेको थिए ।’

त्यस्तै क्याम्पस स्थापनाको सुरुवाती बर्षमा बिषयगत शिक्षक नपाएको , शिक्षकलाई सहयोगी कमचोरीलाई घरमै बोलाउन पठाउनु परेको र आँफुले पनि सुरुवातमा अध्यक्ष भएपनि दुई महिना जति पढाएको नेता गिरीले स्मरण गरे । सूरमा दुई अढाई सय बिद्यालय हुँदा शिक्षकलाई दिने तलबपनि संझौतामा गर्नु परेको उनले बताए ।

‘त्यही क्याम्पसमा आज ४ हजार बिद्यार्थी अध्यनरत हुनु गर्वको कुरा हो,’ उनले भने ‘ अब यो क्याम्पसले समय अनुकुल आइटी शिक्षामा पनि जोड दिन जरुरी छ ।’

केही समय पछि सल्यानमा एउटा प्राइभेट क्याम्पस स्थापना भएपछि त्यस क्याम्पसको परीक्षा सेन्टरपनि रणनीतिक रुपमा बबई क्याम्पसमा पार्ने काम आँफुहरुकै पहलमा भएको र त्यसले गर्दा राप्ती बबई क्याम्पसको चर्चा भइ बिद्यार्थी भर्ना बढेको संस्थापन अध्यक्ष गिरीले जानकारी दिए ।

उनले शिक्षक प्राध्यापकका लागि शिक्षालयमै उनीहरुका परिवारसहित बस्ने प्रबन्ध गर्न सकेमात्रै शिक्षाको थप विकास हुने तर्क गरे ।

‘तपाँईहरु मन वचन कर्मले शिक्षाको उन्नयनका लागि लाग्नुहोस,’ नेता गिरीले भने ‘ यसको थप विकासको लागि थप के गर्नुपर्छ आउनुहोस हातेमालो गरेर अगाडि बढौं।’

क्याम्पस प्रमुख युवराज रावतको अध्यक्षमा भएको कार्यक्रममा संस्थापक अध्यक्ष नेता गिरीलाई क्याम्पस प्राध्यापकहरुले तुलसीपुर क्षेत्रको शिक्षाको विकासमा महत्वपूर्ण योगदान गरेको भन्दै खादा लगाएर स्वागत सम्मान ब्यक्त गरेका थिए ।

त्यसक्रममा क्याम्पस प्रमुख रावतले हाल क्याम्पस विहान ६ बजेदेखि बेलुका ८ बजेसम्म सञ्चालन हुने गरेको तथा ४ हजार बिद्यार्थी अध्यनरत रहेको जानकारी दिएका थिए ।

क्याम्पसमा ४२ प्राध्यापक, १३ कर्मचारी रहेको उनले अबगत गराएका थिए । अहिले राप्ती बबई क्याम्पसले धेरै उन्नती गरेको भन्दै रावतले मुलुकका १५०० क्याम्पसहरु मध्य राप्ती बबई क्याम्पस गुणस्तरका हिसावले ५० औं स्थानमा दर्ज हुने तयारीमा रहेको भन्दै खुसी साटे ।

त्यस्तै पूर्व क्याम्पस प्रमुख तथा प्राध्यापकहरु लक्ष्मण रेग्मी, शालिकराम रेग्मी, क्याम्पसका प्राध्यापकहरु गणेश पार्धे, भुपबहादुर बुढाथोकी लगाएतले क्याम्पसले भोग चलन गर्दै आएको जग्गा प्राप्तिका लागि पहल गर्न, आंगिक क्याम्पसको लागि पहल गर्न र शिक्षामा गुणस्तर कायम गर्नका लागि क्यिूएए प्राप्तिका लागि पहल गर्न संस्थापक अध्यक्ष गिरी समक्ष आग्रह गरेका थिए ।

कार्यक्रमको सहजीकरण प्राध्यापक टेकनप्रशाद कँडेलले गरेका थिए ।

प्रकाशित मिति : २०७९ असार २९ गते बुधवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *