२०८३ बैशाख ४ गते शुक्रवार

थप १७७ जनामा कोरोना संक्रमण

काठमाण्डौ,असार २८ । नेपालमा पछिल्लो २४ घण्टामा थप १७७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोनाबाट कसैको पनि मृत्यु भएको छैन। हालसम्म कोरोनाबाट ११ हजार ९५२ जनाले ज्यान गुमाएका छन्।

मंगलबार ४१ जना कोरोना संक्रमणमुक्त भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। हाल देशभर ८७३ जना सक्रिय संक्रमित रहेका छन्।

गत चौबीस घन्टामा १ हजार ८०५ पीसीआर तथा १ हजार ३२१ एन्टिजेन परीक्षण भएको छ।

प्रकाशित मिति : २०७९ असार २८ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *