घोराही,असार २८ । दाङको राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा निशुल्क डाइलाशीस सेवा सन्चालनमा आएको छ ।
यसअघिको प्रतिष्ठानको नेतृत्वको डाइलाशीस सेवा आउट सोर्सिङबाट चलाएकोमा खासै सेवा प्रभाबकारी हुन नसकेको जन गुनासो आएपछि प्रतिष्ठानको बर्तमान नेतृत्व उपकुलपती डा. बिकास लामीछानेले गुनासोलाई सम्बोधन गर्दै कम्पनिलाई हटाउदै प्रतिष्ठानले सबै आफै हेर्ने गरि डाइलासीस सेवा प्रत्यक्ष जिम्मेवारी लिएको हो ।
किड्निका बिरामीलाई निशुल्क डाइलाशिस सेवा प्रतिष्ठानले दिएपछि बिरामीहरु खुसी भएका छन । अहिले प्रतिष्ठानमा ६ वटा डाइलाशिस मेसिन सन्चालनमा आएको छ ।
प्रतिष्ठानकि डाइलाशिस इन्चार्ज झरणा पुलामी भण्डारिका अनुसार ती मेसिनबाट २४ जनाले डाइलाशिस सेवा पाईरहेका छन । उनले एक सिफ्टमा ४ देखि ५ जनाले डाइलाशीस सेवा पाउने जानकारी दिइन ।
राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठानले आफै निशुल्क डाइलाशिस सेवा सन्चालनमा ल्याएपछि सेवा अत्यन्तै प्रभाबकारी भएको र केहि मेसिन थप्ने पहल भइरहेको उपकुलपती लामीछानेले बताए ।
केहि दिन अघि प्रतिष्ठानको अबलोकनमा आएका स्वास्थ्य राज्यमन्त्री केसिलाई मेसिन थपिदिनका लागि पहल गरिदिन उपकुलपति लामीछाने र रजिस्ट्रार प्रकाश थापाले आग्रह गरेका थिए ।
राज्यमन्त्री केसिले प्रतिष्ठानलाई बजेटको चिन्ता नलिन र ४ सय बेडको अत्याधुनिक भबनसहित मेडिकल कलेज बन्ने भनिएको जग्गामा पुर्बाधार बनाउने बजेट आउने बिश्वास दिलाए ।
उनले आफ्नो कार्यकालमा दाङको स्वास्थ्य क्षेत्रको बिकासका मरिमेट्ने भन्दै पाँच बर्षमा हुन नसकेको काम पाँच महिनामा गरेर देखाइदिने बताए ।
रजिस्ट्रार थापाले राज्यमन्त्री केसिकै पहलमा प्रतिष्ठानमा ७ वटा डाइलाशिस मेसिन थपिन लागेको जानकारी दिए ।
उनले मेसिन थपिए प्रतिष्ठानले २४ सै घण्टा निशुल्करुपमा डाइलाशीस सेवा दिने बताए ।