२०८२ चैत्र ३ गते मङ्गलवार

तुलसीपुरमा शेयर तालिम सम्पन्न

तुलसीपुर,असार २८ । तुलसीपुर नगर जेसिजको आयोजना तथा जेएफ सेक्युरिटीजको सहयोगमा तुलसीपुरमा शेयर तालिम सम्पन्न भएको छ ।

तुलसीपुर नगर जेसिज वर्ष २०२२ का अध्यक्ष जेसि केशवराज केसीको अध्यक्षता तथा तुलसीपुर उपमहानगरपालिकाका प्रमुख प्रसाशकिय अधिकृत मोहन पौडेलको प्रमुख आतिथ्यतामा उक्त तालिम सम्पन्न भएको हो ।

तुलसीपुर क्षेत्र भित्र रहेका बिद्यालयका बिद्यार्थीहरु, शेयर लगानी कर्ताहरुको सक्रिय सहभागिता रहेको तालिममा प्रमुख प्रशिक्षक सुबास चन्द्र भट्टराईले प्रशिक्षण दिएका थिए ।

कार्यक्रममा तुलसीपुर नगर जेसिजका पुर्ब अध्यक्षहरु झरेन्द्र खरेल,जेसि सुर्य प्रसाद शर्मा,नेपाल जेसिजका रास्ट्रिय उपाध्यक्ष जेसि नेत्रलाल भट्टराई, लाइन्स क्लव अफ दाङका अध्यक्ष भोजराज न्यौपाने, इसान क्लवका निबर्तमान अध्यक्ष बुद्धप्रकाश सिंह,जेएफ सेक्रेटरीटिजका प्रबन्ध सबिन डांगी लगाएतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।


शेयर तालिम कार्यक्रमका संयोजक तथा तुलसीपुर नगर जेसिजका कार्यकारिणी उपाध्यक्ष जेसि सन्दिप भुसालको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा जेसि मानबहादुर बस्नेतले जेसिज आस्था पाठ बाचन गरेका थिए ।

कार्यक्रमको सहजीकरण तुलसीपुर नगर जेसिजका महासचिव जेसि पुर्णबहादुर डाँगीले गरेका थिए ।

प्रकाशित मिति : २०७९ असार २८ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *