२०८१ बैशाख ७ गते शुक्रवार

ठाउँ विशेषको आधारमा मुक्त भएर राजधानी तोकिन्छः मुख्यमन्त्री पोखरेल


बुटवल, फागुन ३ ।
प्रदेश ५ सरकारका मुख्यमन्त्री शंकर पोखरेलले कुनै ठाउँ विशेषको आग्रहबाट मुक्त भएर मात्रै स्थायी राजधानी तोकिने बताएका छन् । प्रदेश ५ सरकारको स्थापना दिवसको अवसरमा शुक्रबार बुटवलमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री पोखरेलले राजधानी तोक्न छिटो गर्ने नाममा अर्को काठमाडौँ नबनाइने बताए ।

‘हतारमा निर्णय गर्ने र फुर्सदमा पछुताउने गरी प्रदेशको स्थायी राजधानी नतोकिने छैन’, मुख्य मन्त्री पोखरेलले भने ‘सबैले गर्व गर्ने र स्वीकार गर्न सक्ने गरी प्रदेशको राजधानी तोकिने छ ।’ उनले सबै क्षेत्रको सुझावको आधारमा समय लिएर प्रदेशको नामाकरण र राजधानी तोकिने स्पष्ट पारेका छन् ।

मुख्यमन्त्री पोखरेलले राजधानीको टुंगो लगाउने विषय प्रदेशसभाको जिम्मेवारी भएको हुँदा यसलाई सडक र चोकको बहसको विषय नबनाउन आग्रह गरे । राजधानी कहाँ बनाउने, कस्तो बनाउने ? भन्ने विषय प्रदेश सभाको अधिकार भएको हुँदा प्रदेशसभाका सदस्यहरुले गरेको निर्णय सबै जनताले स्वीकार गर्नुपर्ने उनको कथन थियो ।

फरक प्रसंगमा मुख्यमन्त्री पोखरेलले संविधानमा संयुक्त अधिकारका रुपमा रहेका विषयमा संघीय सरकारले कानुन निर्माण नगर्दा प्रदेशले समयमा काम गर्न नसकेको गुनासो गरेका गर्दै तर प्रदेशको तर्फबाट कानुन निर्माणको हिसाबले व्यवस्थित योजनाका साथ अगाडि बढेको दाबी गरे । उनले पहिलो वर्ष उपलब्धिपूर्ण भएको भन्दै चालु वर्षलाई कानुन निर्माण र योजना निर्माणको वर्षका रूपमा अगाडि बढ्ने धारणा राखे ।

प्रकाशित मिति : २०७५ फाल्गुन ३ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *