२०८३ असार २७ गते शनिवार

लायन्स क्लबले ग¥यो पुर्वअध्यक्ष केसी र हमाललाई सम्मान

तुलसीपुर,असार २६ । लायन्स क्लब अफ दाङले क्लबका पुर्वअध्यक्षहरु सम्मान गरेको छ । शनिवार तुलसीपुरमा एक कार्यक्रमको आयोजना गरि क्लवका पुर्वअध्यक्ष,स्वास्थ तथा जनसंख्या राज्यमन्त्री हिराचन्द्र केसी र क्लबकै अर्का पुर्व अध्यक्ष राष्ट्रिय यातायात व्यावसायी महासंघका केन्द्रिय सल्लाहकार सुरेश हमाललाई स्वागत सम्मान गरेको हो ।


उक्त कार्यक्रमलाई सम्बोधन गर्दै पुर्वअध्यक्ष तथा राज्यमन्त्री केसीले लायन्स क्लबले मानवीय सेवामा पु¥याएको योगदानको खुलेर प्रसंसा गरे । आफूले अहिले अवसर र चुनौती दुईलाई एकै साथ लिएको र दङाली जनताको शिर ठाडो पार्ने कार्य गर्ने बताउदै केसीले स्वास्थ्य क्षेत्रमा देखिएको अन्योलता अन्त्य गर्न लागि परेको बताए । उनले आफू लायन्स क्लबको स्कुलिङबाट आएको हुनाले स्वास्थ्य र सेवा क्षेत्रलाई आफुले बुझेको बताए ।

आफ्नो प्राथमिकतामा घोराहीको स्वास्थ बिज्ञान प्रतिष्ठान र राप्ती प्रादेशिक अस्पताल तुलसीपुर परेको बताउदै राज्यमन्त्री केसीले रिफर सेन्टरका रूपमा रहेका अस्पतालको सेवा बिस्तार गर्ने प्रतिबद्धता जनाए । साथै उनले लायन्स क्लबको जग्गा संरक्षक गर्ने तथा उपयोग गर्ने प्रसङ्गमा आफुले सक्ने र मिलेसम्म केही रकम बिनियोजन गर्ने प्रतिबद्धता समेत जनाए ।

लायन्स क्लब अफ दाङका अध्यक्ष लायन भोजराज न्यौपानेको अध्यक्षतामा भएको स्वागत सम्मान कार्यक्रममा क्लवका पुर्व अध्यक्ष सुरेश हमालले आफ्नो कार्यकालमा क्लबको भवन निर्माण गरेको प्रसङ्ग लिदै क्लबले सामाजिक क्षेत्रमा सक्रियता बढाउदै लैजान सुझाव दिए ।

उनले क्लवका लागि आफुले गर्न सक्दोे पहल गर्ने प्रतिबद्धता पनि जनाए । हमालले क्लबको सबै स्थिती बुझेका पुर्व अध्यक्ष मन्त्री भएको बेला क्लबले आशा गर्नु स्वभाविक भएको धारणा राखे । उनले राज्यमन्त्रीको छोटो जिवनी समेत प्रस्तुत गरेका थिए ।
क्लबका निवर्तमान अध्यक्ष लायन गणेश अधिकारीको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रममा डिस्ट्रीक्ट चिप लायन ललितजङ शाह, लायन टेकन कंडेल , एरिया चिप लायन धुर्व गौतम लगाएतले शुभकामना ब्यक्त गरेका थिए ।

कार्यक्रमको सहजीकरण क्लवका सचिब लायन पुर्णबहादुर भण्डारीले गरेका थिए भने झन्डाको अभिवादन लायन देवराज गौतमले गरेका थिए ।


साथै त्यस अवसरमा राज्यमन्त्रीलाई पन्चेबाजाले स्वागत गरिएको थियो ।

प्रकाशित मिति : २०७९ असार २६ गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *