तुलसीपुर, असार २५ । नेपाल सरकारका स्वास्थ्य तथा जनसंख्या राज्य मन्त्री हिराचन्द्र केसीले स्वास्थ्य सेवामा सुधार गर्ने बताएका छन् ।
शनिवार तुलसीपुर उद्योग बणिज्य संघले आयोजना गरेको बधाई तथा स्वागत कार्यक्रमलाई सम्बोधन गर्दै नेकपा एकीकृत समाजबादीका नेता समेत रहेका केसीले आफु थोरै समयका लागि जिम्मावारीमा रहेको भएपनि केही सुधारका योजना लागु गरेर देखाउने आश्वासन बाँडे ।
सर्वसाधारण जनता सिटामोल नपाएर पीडा रहन नदिने उनले बताए ।
‘स्वास्थ्य सेवामा धेरै सुधारका कार्यक्रम ल्याउन जरुरी छ,’ उनले भने ‘नेपालीहरु सिटामोल खान नपाएर छटपटिनु परेको पीडाबोध भैरहेको छ ।’
सो अबसरमा तुलसीपुर उधोग बाणिज्य सङघका अध्यक्ष रामप्रसाद चालिसेले स्वास्थ्य क्षेत्रको सुधार, दाङ एयपोर्ट, चारलेन सडक र राप्ती राजमार्गको स्तरबृद्धी जस्ता कामहरु छिटो हुनुपर्ने भन्दै ज्ञापनपत्र बुझाएका थिए ।