२०८२ चैत्र २ गते सोमवार

आँखा अस्पतालमा छिट्टै एउटा नयां भवन निमार्ण गर्छौ : मन्त्री चौधरी


तुलसीपुर,असार २३ । नेपाल नेत्रज्योति संघ आँखा स्वास्थ्य कार्यक्रम राप्ती तथा बहादुरगञ्ज अन्तर्गत सञ्चालित राप्ती आँखा अस्पतालको नवनिर्मित ओ.पि.डी. भवनको उद्धघाटन गरिएको छ ।

बुधवार एक कार्यक्रमका बिच लम्विनी प्रदेशका पर्यटन, ग्रामीन तथा शहरी विकास मन्त्री डिल्लीबहादुर चौधरीले ओ.पि.डी. भवनको उद्धघाटन गरेका हुन ।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि चौधरीले राप्ती आँखा अस्पतालको सेवालाई थप प्रभावकारी बनाउन प्रदेश सरकारले छिट्ै एउटा भवन निमार्णको काम सुरु गरिदिने प्रतिबद्धता जनाए ।

बितेको वर्षमा पनि अस्पतालको संरचना निमार्णका लागि लुम्बिनी सरकारले ५० लाख सहयोग गरेको बताउँदै मन्त्री चौधरीले आगामी दिनहरुमा पनि सहयोगलाई निरन्तरता दिने पनि बताए ।

उनले अस्पतालको विकासका लागि स्थानीय ,प्रदेश सरकार मात्र नभई संघिय सरकारले पनि यस तर्फ विषेश ध्यान दिन आवश्यक रहेको बताए ।

सानो कोठाबाट सुरु गरिएको राप्ती आँखा अस्पतालको सेवाले एक दशकमै ठुलो फड्को मारेको मन्त्री चौधरीको भनाई छ ।

कार्यक्रममा संबिधान सभाका सदस्य बुद्धिराम भण्डारीले शरिरको महत्वपुर्ण अंग आँखा भएकोले यसको सम्बेदनशीलतालाई बुझि राज्यले यसमा लगानी गर्न आवश्यक रहेकोमा जोड दिए ।

त्यस्तै लुम्बिनी प्रदेशका सांसद शंकर गिरीले आँखा अस्पतालको सेवा सुविधा र सहजताको लागि प्रदेश सरकार सहकार्य गरेर अगाडी बढ्न तयार रहेको आश्वासन दिए ।

नेपाल नेत्रज्योति संघ दाङका अध्यक्ष कृष्ण कुमार गिरीको अध्यक्षतामा भएको कार्यक्रममा अस्पतलाका बरिष्ठ प्रशासकिय अधिकृत शम्शेर थापाले राप्ती आँखा अस्पताललाई आगामी दिनमा राप्ती नेत्र बिज्ञान अध्ययन तथा अनुसन्धान केन्द्रका रुपमा विकास गर्ने लक्ष्यका साथ गुरु योजना तयार गरेको बताए ।

त्यस्तै उनले सन १९८६ देखि हालसम्म आइपुग्दा ३१ लाख ७३ हजार बढीलाई आँखा उपचारको सेवा प्रदान गरेको बताए ।

अस्पताललाई अध्ययन केन्द्रको रुपमा बिकास गर्दै पछिल्लो समय रेटिना,क्रनिया र अकोलोप्लाष्टिक सेवा सुरु गरेको पनि बताए ।

नवनिर्मित ओ.पि.डी. भवन निर्माण समितिका संयोजक समेत रहेका थापाले ४ करोड ९४ लाख ६९ हजार ५ सय १५ रुपैयामा भवन निमार्ण सम्पन्न भएको बताए ।

उनले भवन निमार्णका लागि अनुमानित लागत ५ करोड ९१ लाख ३२ हजार ९ सय १० रुपैया इस्टीमेट गरेता पनि ९६ लाख ६३ हजार ३ सय ९४ रुपैया कम लागतमा भवन निमार्ण भएको बताए ।

कार्यक्रममा अस्पतालका रेटिना रोग विषेशज्ञ डा.सन्तोष सुवेदीले अन्धोपनको मुख्य कारण मोतिबिन्दु भएको बताए ।

त्यस अवसरमा नेपाल नेत्र ज्योती सघं लम्बिनी प्रदेशका कोषाध्यक्ष लिला शाह,प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मी,नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा दाङका अध्यक्ष नारायण आचार्य,जिल्ला समन्वय समितिका उपाध्यक्ष चेतना चौधरी,नेपाली कांग्रेस दाङका सचिव बालिका लम्साल,एनइबिपि नर्वे नेपालका कार्यक्रम व्यवस्थापक सुरेखा गुरुङ,नेत्र ज्योती सघंका सचिव सुरेन्द्र खड्का,कोषाध्यक्ष दोर्ण गुरागांई,अस्पतालका चिफ मेडिकल डाइरेक्टर सुलक्ष्मी कटुवाल,राप्ती प्रादेशिक अस्पतालका अध्यक्ष पदम न्यौपाने,तुलसीपुर खानेपानी संस्थाका अध्यक्ष एमकान्त भण्डारी लगाएतले आँखा स्वास्थ्य सेवालाई सबैको पहुँचसम्म पु¥याउन आग्रह गरेका थिए ।

नेत्र ज्योती सघंका उपसभापति रेशमबहादुर खड्काको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण अस्पतालका सुचना अधिकारी बालाराम खड्काले गरेका थिए ।

कार्यक्रममा भवन निमार्णमा सहयोग पु¥याउने दातृनिकाय,अस्पतालका कर्मचारीहरुलाई सम्मान गरिएको थियो ।

साथै त्यस अबसरमा अस्पताल परिशरमा राखिएको सालिकको अनावरण गरिएको थियो भने माया कक्षको उदघाटन समेत गरिएको थियो ।

प्रकाशित मिति : २०७९ असार २३ गते बिहिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *