२०८१ कार्तिक २३ गते शुक्रवार

साउन १ गतेदेखि प्रतिष्ठानमा विशेषज्ञसहितको इएचएस सेवा सुरु

घोराही,असार २१ । दाङको राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा बिस्तारित सेवा (इएचएस) सुरु हुने भएको छ । प्रतिष्ठानका उपकुलपती डा. बिकास लामीछानेले अस्पतालको सेवालाई थप प्रभाबकारी बनाउन साउन १ गतेदेखि नै यो सेवा सुरु गरिएको बताए ।

बिस्तारित सेवा दिउसो १२ बजेपछि नाम दर्ता गरेर अस्पतालको टिकट काट्ने ब्यबस्था मिलाईएको र १ बजेपछि बिरामीले सेवा पाउने उनले जानकारी दिए । अस्पतालमा आउने बिरामिहरुले जेनरल बाहेकको समयमा आफुले इच्छाएको र रोजेको चिकित्सकबाट उपचार सेवा दिने उदेश्यले इएचएस सेवा सुरु हुन लागेको उपकुलपती लामीछानेले बताए ।

बिरामीहरुले प्रतिष्ठानमा बिस्तारीत सेवा अन्तरगत फिजिसीयन, प्रसुति, सर्जन, हाडजोर्नी, बालरोग, मानसिक, छाला, नाककान घाटि रोग विशेषज्ञसहित अत्याधुनिक उपकरणसहितको ल्याबबाट सेवा पाउने सुचना अधिकारी निशानदाजु भट्टराईले बताए ।

प्रतिष्ठानका शिक्षाध्यक्ष डा. बसन्त लामीछानेले बिस्तारित सेवा प्रभाबकारी हुने र चिकित्सकबाट विशेषज्ञ सेवा बिरामिहरुले दुर्त गतिमा पाउने बताए ।

उनले बिस्तारित सेवा प्राप्त गर्ने बिरामिहरुलाई लाईनमा लाग्नु नपर्ने र आफुले रोजेको चिकित्सकबाट उपचार सेवा प्राप्त गरेमा बिरामीहरु थप लाभान्बीत हुने बताए ।

उनले अब प्रतिष्ठानमा जेनरल सेवापछि पनि चिकित्सकले इएचएसमा सेवा दिने बताए । इएचएस सेवामा नाम दर्ताको लागि ५ सय रुपैया लाग्नेछ ।

प्रकाशित मिति : २०७९ असार २१ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *