काठमाडौं, फागुन २ । प्रधानमन्त्री केपी शर्मा ओलीले आज देशवासीको नाममा सम्बोधन गर्ने भएका छन् । ओलीले आफ्नो नेतृत्वमा सरकार गठन भएको १ वर्ष पुगेको अवसरमा सम्बोधन गर्न लागेका हुन् ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले दिएको जानकारी अनुसार ओलीले दिउँसो ४ बजे सिंहदरबारबाट देशबासीको नाममा सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।
प्रधानमन्त्री ओली गत वर्ष फागुन ३ गते प्रधानमन्त्रीमा निर्वाचित भएका थिए ।
प्रकाशित मिति : २०७५ फाल्गुन २ गते बिहिवार