२०८१ माघ ३० गते बुधवार

तुलसीपुरको मदन आश्रित चोकमा बम राखेको आशंका


दाङ, फागुन १ ।
दाङ तुलसीपुरको मदन आश्रित चोकमा बम राखेको आशंका गरिएको छ । चोक नजिकै झोला फेला परेपछि त्यहाँ बम भएको आशंकामा प्रहरीले पहरा दिइरहेको छ । त्यो झोला कस्ले कति बेला त्यहाँ राख्यो ? भन्ने एकिन नभएपनि प्रहरीले भने त्यसबारे पौने ६ बजेतिर मात्रै खबर पाएको जानकारी दिएको छ ।

ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख एवं डिएसपी प्रेमबहादुर शाहीले मदन आश्रित चोकमा झोला फेला परेको हुँदा बमको आशंका गरिएको भएपनि अनुसन्धान नहुँदासम्म एकिनका साथ भन्न नसकिने जानकारी दिए ।

‘हामीले नेपाली सेनाको १९ नम्वर बाहिनीलाई खबर गरिसकेका छौं’ डिएसपी शाहीले भने ‘सेना आइपुगेको छ अब त्यसबारेमा अनुसन्धान सुरु हुँदैछ ।’ तर बुधवार जनयुद्ध दिवस भएको हुँदा सर्वसाधारणलाई आतंकित पार्न कुनै पनि शक्तिले त्यहाँ बम राखेको हुन सक्ने प्रहरीको अनुमान छ ।

प्रकाशित मिति : २०७५ फाल्गुन १ गते बुधवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *