दाङ, असार ९ । राप्ती इन्जिनियरीङ कलेजले नवआगन्तुक विद्यार्थिहरुलाइ स्वागत तथा अभिमुखिकरण कार्यक्रम विहिवार आयोजना गरेको छ । विसिए दोस्रो बर्ष तथा विइ सिभिल प्रथम बर्षका विद्यार्थिहरुले स्वागत तथा अभिमुखिकरण कार्यक्रमको आयोजना गरेका हुन् ।
स्वागत तथा अभिमुखिकरण कार्यक्रममा बोल्दै प्रमुख अतिथि जिल्ला समन्वय समितिका प्रमुख एवं जिल्ला शिक्षा समितिका संयोजक नित्यानन्द शर्माले मुलुकमा प्राविधिक शिक्षाको क्षेत्रमा निजि क्षेत्रको अहम भुमिका रहेको बताएका छन् ।
प्रमुख अतिथि शर्माले प्राविधिक शिक्षाको माग पछिल्लो समयमा अत्यधिक बढिरहेकाले त्यसलाइ सम्वोधन गर्न सरकार एक्लैले नसक्ने भन्दै प्राविधिक शिक्षामा लगानी बढाउन पनि निजि क्षेत्रलाइ आग्रह गरे ।
‘हामीलाइ विक्ने शिक्षा चाहिएको छ, त्यो प्राविधिक शिक्षा हो, त्यस अर्थमा प्राविधिक शिक्षालाइ अव गाउबस्ती सम्मै लैजान आवस्यक छ’, अभिमुखिकरण कार्यक्रममा प्रमुख अतिथि शर्माले भने । मुलुकभरी सरकारी तीन वटा मात्रै प्राविधिक शिक्षालय भएको अवस्थामा करीव डेढ दशक अघिनै राप्ती इन्जिनियरीङ कलेजले प्राविधिक शिक्षाको आवस्यकता बोध गरेको भन्दै प्रमुख अतिथि शर्माले प्राविधिक शिक्षाका हरेक विधामा अव स्थानिय तहमै पठनपाठनको व्यवस्थापन हुनुपर्ने बताए ।
मुलुकलाइ अहिले वडा तहदेखि मन्त्रालय सम्मै प्राविधिक नभै नहुने अवस्था रहेको स्मरण गर्दे उनले अव हरेक सामुदायिक विद्यालयमा प्राविधिक शिक्षाको पठनपाठन सुरु गर्नकालागी आफुले संवन्धित क्षेत्रमा समन्वयकारी भुमिका निर्वाह गर्ने पनि बताए ।
आफ्नै अध्यक्षतामा भएको कार्यक्रममा बोल्दै राप्ती इन्जिनियरीङ कलेजका प्रमुख कार्यकारी अधिकृत डा शैलेन्द्र गिरीले आफुहरुले यहांका निम्न तथा मध्यमवर्गिय समुदायका विद्यार्थिलाइ प्राविधिक शिक्षा यहिनै दिन सकिन्छ भन्ने मान्यताका साथ पन्ध्र बर्ष अघि देखेको प्राविधिक शिक्षाको सपना अहिले आएर पुरा हुदै गरेको स्मरण गरे ।
साथै उनले अव लर्निङ कल्चरलाइ बदलेर अनुसन्धानमा आधारीत शिक्षा पद्धतीको विकाश गर्न आफुहरु प्रतिवद्ध रहेको बताए ।
‘हाम्रा उत्पादनहरु मुलुकभर फैलिइसकेका छन्, लुम्विनी प्रदेशमा कम्तिमा पनि ९० प्रतिसत प्राविधिक जनशक्ति हाम्रै उत्पादनले थेगेको छ’ डा गिरीले भने ।
अव शिक्षालाइ सामाजिक रुपान्तरणको अभियानमा जोड्न आफुहरु लागेको बताउंदै राप्ती इन्जिनियरीङबाट प्राविधिक शिक्षा लिएका विद्यार्थिहरुले यहांका सामुदायिक विद्यालयहरुमा कम्तिमा एक साता निशुल्क रुपमा अध्यापन गराउने पनि अभिव्यक्ति दिएका छन् ।
कार्यक्रममा कलेजका निर्देशक मधुसुदन बैद्धले देश निर्माणमा राप्ती इन्जिनियरीङ कलेजका विद्यार्थिहरुको महत्वपुर्ण योगदान हुनुपर्ने भन्दै आफु दक्ष बन्न विद्यार्थिहरुलाइ आग्रह गरेका थिए ।
सो अवसरमा विसिए प्रमुख विश्वबन्धुथापा, विइ सिभिलका प्रमुख वावुराम जोसी लगायतले नवआगन्तुक विद्यार्थिहरुलाइ स्वागत गदेै शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
राप्ती इन्जिनियरीङ कलेजका प्रवन्ध निर्देशक भिमसेन गिरीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण क्याम्पसका विद्यार्थि द्धय सत्यसिंह रोकाय र गौरी चौधरीले गरेका थिए ।
सो अवसरमा राप्ती इन्जिनियरीङ कलेजले नवनिर्वाचित जिल्ला समन्वय समितिका प्रमुख नित्यानन्द शर्मा, उपप्रमुख चेतना चौधरी, जिल्ला समन्वय समितिका सदस्य जुनु कुमारी बुढामगर तथा कल्पना सेर्पाइलीलाइ स्वागत एवं सम्मान गरेको थियो ।
कार्यक्रममा विद्यार्थिहरुले विविध सांस्कृृतिक प्रस्तुतीहरु देखाएका थिए । साथै अभिमुखिकरण कार्यक्रम पनि जारीरहेको छ ।् दुइदिन सम्म चल्ने अभिमुखिकरण तालिममा डा शैलेन्द्र गिरी, नारायण नेपाल, योग प्रशिक्षक रविन्द्र बस्नेत तथा इन्जिनियर प्रज्वल आचार्यले प्रतिक्षण दिने बताइएको छ ।