२०८१ मङ्सिर १८ गते मङ्गलवार

खानेपानीमा प्रजातान्त्रिक प्यानलको बर्चश्व

दाङ,माघ २७ ।
खानेपानी उपभोक्ता तथा सरसफाई संस्था घोराहीको नयाँ नेतृत्वमा प्रजातान्त्रिक प्यानल विजयी भएको छ । आइतवार प्राप्त मत परिणाम अनुसार नेपाली काँग्रेसको समर्थन रहेको पुरै प्यानल विजयी भएको हो । मुख्य निर्वाचन अधिकृत रेवतिरमण भट्टराईका अनुसार अध्यक्षमा देवीबहादुर डिसी निर्वाचित भएका हुन । उनको यो संस्थामा लगातार छैठौं कार्याकाल हो ।

अध्यक्षमा विजयी भएका देवीबहादुर डिसीले १९९६ मत प्राप्त गर्दा उनका प्रतिद्वन्दी गणेशप्रसाद श्रेष्ठले ९७६ मत मात्रै प्राप्त गर्न सके । उनीहरु विचको मतान्तर आधा भन्दा बढी छ ।

त्यस्तै उपाध्यक्षमा विजयी भरतमणी पाण्डेले १७७१ मत प्राप्त गर्दा उनका प्रतिद्वन्दी मधुसुदन शर्मा अर्यालले जम्मा ९७६ मत मात्रै प्राप्त गर्न सके ।

त्यस्तै सचिवमा सुजन पाण्डे, कोषाध्यक्षमा ध्रुब केसी निर्वाचित भएका छन् । सदस्यहरूमा धमेन्द्र श्रेष्ठ, नारायण भण्डारी, यशोदादेवी पाण्डे, खुमा खड्का थापा मगर र लक्ष्मीसिंह ठकुरी निर्वाचित भएका छन् ।

प्रगतिशील समूहबाट उपाध्यक्षमा मधुसुदन शर्मा अर्याल, सचिवमा निर्मल गौतम, कोषाध्यक्षमा नरबहादुर बुढाथोकी, सदस्यमा दुर्गा खत्री, दिलिप खनाल, विष्णु कालाथोकी, भुमा चौधरी र मनकुमार पुन मैदानमा उत्रिएका थिए ।

प्रकाशित मिति : २०७५ माघ २७ गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *