दाङ,असार ४। दाङको घोराहीमा रहेको ज्योतिपुञ्ज आवासिय माध्यमीक विद्यालयले शुक्रबार एक कार्यक्रमको आयोजना गरी विद्यालयमा अध्यापन गर्न आएका शिक्षक तथा अध्ययन गर्न आएका विद्यार्थीहरुलाई स्वागत गरेको छ ।
विद्यालयका प्रिन्सिपल बुद्धिराज अधिकारीको सभापतित्वमा भएको कार्यक्रममा विद्यालयमा आएका नयाँ शिक्षक तथा तथा विद्यार्थीहरुले फूल, माला अविर लगायर स्वागत गरिएको थियो ।
कार्यक्रममा बोल्दै प्रीन्सिपल अधिकारिले ज्योतिपुञ्ज आवासीय माध्यमिक विद्यालयलाई छनोट गरी विद्यालयमा आएका सम्पूण विद्यार्थीहरुलाई गुणस्तरीय शिक्षा प्रदान गरिने प्रतिवद्ता व्यक्त गरे ।
विगत पाँच वर्ष अघिदेखि नयाँ व्यवस्थापनका साथ संचालनमा रहेको ज्योतिपुञ्ज आवासीय माध्यमिक विद्यालय भरतपुर दाङले पठनपाठनका लागि मल्टिमिडियाको प्रयोग, आयोग पद्धतिमा मासिक परीक्षा संचालन, नियमित योग, संस्कार, मेडिटेसन कार्यव्रmम संचालन, मासिक अभिभावक शिक्षा र अन्तरकृया संचालन, पिएचआर कार्यक्रमको संचालन, सबै कक्षाहरुको पठन पाठनलाई सिसिटिभिबाट निगरानी,विद्यालयको गुणस्तर मापन र वृद्धिका लागि वाह्य परीक्षाहरुको संचालन,तोकिएको संख्यामा मात्र कक्षाकोठामा विद्यार्थीहरु राखिने, आकर्षक छात्रवृत्तिका कार्यक्रम, विद्यार्थी संख्यामा भन्दा भर्ना भएका विद्यार्थीहरुको शैक्षिक गुणस्तरमा केन्द्रित रहेर कार्यक्रमहरु संचालन गर्दै आइरहेको विद्यालयले जनाएको छ ।
उक्त कार्यक्रमको सहजीकरण विद्यालयका सहायक प्रीन्सिपल पूर्णचन्द्र पाण्डेले गरेका थिए ।