तुलसीपुर, असार २ । तुलसीपुर मेट्रो कलेजमा कानून पढ्ने विद्यार्थीले विभिन्न सामुदायिक विद्यालयमा पुगेर कानून बारे जानकारी दिन थालेका छन् ।
कलेजको बिएएलएलबी कार्यक्रममा अध्ययरत विद्यार्थीले विभिन्न पालिकाका विद्यालयमा पुगेर समसामयिक विषयको कानुनका बारेमा जानकारी गराउने अभियान सुरु गरेका छन् ।
साईबर कानून, बाल विवाह र महिला हिंसाका बारेमा कानूनी सचेतना प्रदान गर्ने थालेको एक विद्यार्थी प्रविन यादवले जानकारी दिए ।
कानूनी ज्ञानको अभावका विद्यार्थीले नजानेर गैर कानूनी कामहरु गरिरहेका हुने हुँदा त्यसबाट बचाउन आँफुहरुले अभियान सञ्चालन गरेको अर्का विद्यार्थी सरु चौधरीले बताइन ।
विरेन्द्र मावि हेकुलीका प्रधानाध्यापक खिमराज खनालले कानूनको ज्ञान हुँदा आफु हिँसामा पर्न बाट जोगिने बताए ।
विद्यार्थीहरुले विरेन्द्र मावि खिलतपुर, सिद्धपृथ्वी जनता मावि श्रीगाउँ, विरेन्द्र मावि हेकुली, मावि बालापुर, जनकल्याण मावि सिमसुन्दरपुर,विपी कोइराला मावि शान्तिनगर लगायतका विद्यालयमा कानूनी ज्ञान बाँडेका थिए ।
कार्यक्रमलाई निरन्तरता दिइने भएको छ । कलेजमा अध्यययनरत ३० जना विद्यार्थी विभिन्न समूहमा विभाजित भएर कार्यक्रम सञ्चालन गरेका थिए ।
