विजौरी, जेठ १९। तुलसीपुरकै पुरानो मानिने तुलसीपुर उपमहानगरपालिका—१८ विजौरी स्थीत जनता संस्कृत माध्यमिक विद्यालयले विहिवार आफ्नो ७२औं बार्षिकोत्सव मनाएको छ ।
बार्षिकोत्सवलाइ सम्वोधन गर्दै प्रमुख अतिथि तुलसीपुर उपमहानगरपालिकाका मेयर टिकाराम खड्काले समयानुकुल सुचना प्रविधि, प्राविधिक शिक्षालाइ अवलम्वन गर्दै संस्कृत शिक्षालाइ भने निरन्तरता दिन आग्रह गरे ।
प्रमुख अतिथि खड्काले आफु स्वयम कक्षा ९ सम्म यहि विद्यालयमा पढेको बताउंदै समयले अहिले संस्कृत शिक्षाको आवस्यकताबोध गराइरहेको बताए । ‘जिविकोपार्जनका लागी प्राविधिक शिक्षा र सुचना प्रविधिमा पहुच नितान्त आवस्यक छ, तर यस विद्यालयले संस्कृत शिक्षाको एउटा इतिहास बोकेकाले संस्कृत शिक्षालाइ पनि निरन्तरता दिन आग्रह गर्दछु’—मेयर खड्काले भने ।
उनले संस्कृत शिक्षा जिवतपद्धती र सुसंस्कृतिसंग पनि जोडिएको बताउंदै हरेक नागरीकलाइ संस्कारी र विद्धत बनाउन संस्कृत शिक्षा अपरीहार्य रहेको बताए । साथै उनले हाल विद्यालयले सन्चालन गर्दै आएको कृषि प्राविधिक कक्षालाइ पनि निरन्तरता दिन आग्रह गर्दै त्यसमा स्थानिय सरकारका तर्फबाट विशेष सहयोग गर्ने प्रतिवद्धता पनि व्यक्त गरे ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हिम वहादुर डांगीको अध्यक्षतामा भएको कार्यक्रममा अर्का जनप्रतिनिधि तथा तुलसीपुर उपमहानगरपालिका—१८ का वडाध्यक्ष माधव वलीले विद्यालयमा गुणस्तरीय शिक्षासंगै सुशासन कायम गर्न विद्यालय परीवारलाइ आग्रह गरे ।
आफ्नो वडामा रहेका विद्यालयहरुलाइ गुणस्तरीय शिक्षाको थलो बनाउन वडा कार्यालय लागी परेको भन्दै उनले अव सामुदायिक विद्यालयमा रहेका इसिडि कक्षालाइ मन्टेश्वरी कक्षाका रुपमा रुपान्तरण गरीने बताए । सामुदायिक विद्यालयमा शिक्षकहरुलेनै राम्रो शिकाइ विकाश गर्न नसक्दा धेरै विद्यार्थिहरु अनुत्तिर्ण भएको बताउंदै शैक्षिक सुधारकालागी अव स्थानिय सरकारले इन्टेलिजेन्ट व्युरो हरेक विद्यालयमा खटाइने पनि बताए ।
कार्यक्रममा विद्यालयका प्राधानाध्यापक पदम रावतले विद्यालयको बार्षिक एवं सांगठनिक प्रतिवेदन प्रस्तुत गरेका थिए भने विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हिम वहादुर डांगीले विद्यालयका भावि योजनाका विषयमा प्रस्तुतीकरण गरेका थिए ।
सो अवसरमा विद्यालयका पुर्व व्यवस्थापन समितिका कार्यवाहक अध्यक्ष कृष्ण वहादुर केसी, अक्षयकोष स्थापनाकर्ता राधादेवी आचार्य, विद्यार्थि मणिकृष्ण पौडेल लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
बार्षिकोत्सवका अवसरमा विद्यालयले प्रकाशन गरेको स्मारीका विमोचन गरिएको थियो । सो स्मारीकाको पद्मोदय पव्लिक नमुना मावि भरतपुरका प्राचार्य रामप्रसाद जैसीले गरेका थिए । बार्षिकोत्सवमा विविध खेलकुद प्रतियोगिता आयोजना गरिएको थियो । प्रतियोगिलाइ पुरस्कृत समेत सो अवसरमा गरिएको थियो ।
बार्षिकोत्सवकै अवसरमा विद्यालयमा उत्कृष्ठा नतिजा ल्याउने विद्यार्थिहरुलाइ पुरस्कृत एवं अक्षयकोष स्थापनाकर्तालाइ दोसल्लाले सम्मान पनि गरिएको थियो । बार्षिकोत्सव कार्यक्रमको सहजीकरण विद्यालयका शिक्षक मेघराज आचार्य र टिका पौडेलले गरेका थिए ।