बेलझुण्डि, १८ जेठ । नेपाल संस्कृत विश्वविद्यालयको मुख्य चल्तीको प्रवेशद्धारमा एक जना गेटपाले अनुत्साहको मुद्रामा छन् । आधा खुलेको गेटबाट भित्र पस्दा नजिकैको वरपिपल चौतारीमा केहि कर्मचारी एक आपसमा कविता वाचनमा व्यस्त थिए ।
अलि पर केन्द्रिय कार्यालयको प्रवेश ढोकामा एक महिनादेखि ताला झुण्डिएको छ । नेपाल विद्यार्थि संघ संघर्ष समितिको लेटरप्याडमा विभिन्न माग राखि तालावन्दी गरिएको उल्लेख छ ।
तालावन्दी भएको एक महिना सम्म पनि कुनै निकाशा आइनसकेको अवस्थामा विश्वविद्यालयका उपकुलपति प्राध्यापक यादव लामीछानेले यसलाइ विश्वविद्यालय ह्याङ भएको बताएका छन् । उनले करीव करीव ५ बर्षदेखि खुरुखुरु चलेको विश्वविद्यालय फेरी ठप्प भएको बताए । यसलाइ उनकै सव्दमा फेरी ‘ह्याङ’ भो विश्वविद्यालय । ह्याङ हटाउनकालागी दुइपक्षिय वार्ता कार्यदल बनेको छ । तर कार्यदलले कहिले फंशन गर्ने टुंगो छैन ।
विद्यार्थि आन्दोलनका नाममा नेपाल विद्यार्थि संघ, नेपाल संस्कृत विश्वविद्यालय संघर्ष समितिले विभिन्न विद्यपिठमा भएका समस्यालाइ समाधानको माग गर्दै उपकुलपति समक्ष आग्रह गरेपनि माग पुरा नभएको भन्दै गत बैसाख १९ गतेदेखि लगाएको ताला अझै खुलेको छैन । उसले चैत २२ मै आफ्ना मागहरु उपकुलपति समक्ष राखेपनि समस्या समाधान नभएकाले तालावन्दी गरेको जनाएको छ ।
मागहरु सहज देखि जटिल सम्म छन् । कुनै माग त यस्ता छन् कि नेपाल संस्कृत विश्वविद्यालयले सम्वन्धन मात्रै दिएको क्याम्पसमा पनि विद्यार्थिहरुले स्थाइ शिक्षक दरवन्दीको माग गरेका छन्, जुन नेपाल संस्कृत विश्वविद्यालयको कावु भित्रनै पर्दैन । आंगिक क्याम्पसमा भएको भए त्यो माग जायज हुन सक्थ्यो । अर्को यस्तै जटिल माग छ, सेवा आयोगको खारेजी गरी पुर्नगठन । किनकि सेवा आयोग पनि खारेजी र पुर्नगठनको अधिकार विश्वविद्यालय पदाधिकारीलाइ छैन ।
सेवा आयोगको गठन त शिक्षा मन्त्रीले गठन गर्ने बैधानिक प्राव्धान छ । अर्को कुरा विश्वविद्यालय भित्र भएका आर्थिक अनियमितताको छानवीन । त्यो पनि विश्वविद्यालयले नभएर स्वतन्त्र निकाय अर्थात अख्तियारले मात्रै गर्न सक्छ, वा प्रधानमन्त्री कार्यालय र शिक्षा मन्त्रीको कार्यालयले ।
यस्ता केहि मागलाइ विश्वविद्यालय पदाधिकारीले अस्वाभाविक भएको बताएका छन् । ‘वार्ता टोलि बनेको छ, जुन माग हामीले सम्वोधन गर्न सक्छौं, त्यसमा छलफल हुने छ, केहि माग हाम्रा कावु भन्दा वाहिरका छन्, त्यसमा हामीहरु प्रवेश गर्ने छैनौं’, उपकुलपति लामीछानेले भने ।
आन्दोलनरत नेविसंघले तीन महिना भित्र दिक्षान्त समारोहको आयोजना, छात्राबासको सटरबाट प्राप्त भाडाको तीस प्रतिसत रकम छात्राबासको विकाशकालागी खर्च गर्न, महेश संस्कृत गुरुकुल र हरीहर गुरुकुल विद्धपिठ(संबन्धन प्राप्त)मा स्थाइ प्राध्यापकहरुको दरवन्दी कायम हुनुपर्ने, विश्वविद्यालयमा कार्यरत आंशिक प्राध्यापकहरुको व्यावस्थापन गर्नुपर्ने, विद्यापिठमा प्रातकालिन र सायमकालिन कक्षाको व्यावस्थापन गर्न, कार्यकारी परीषद र विश्वविद्यालय पदाधिकारीमा लोकतान्त्रिक समुहको उपस्थीति गराउनुपर्ने, विद्यार्थिमैत्री पाठ्यक्रमको व्यवस्था गर्नुपर्ने, स्वतन्त्र विद्यार्थि युनियनको निर्वाचनको मिति तोक्नुपर्ने, अबैज्ञानिक तवरले गरीएको उपप्राध्यापकका ेविज्ञापन खारेज गरी वैज्ञानिक अध्ययन गरी सर्वपक्षिय माग सम्वोधन गरी पुनः विज्ञापन हुनुपर्ने, सेवा आयोगको पुर्नगठन सहित भ्रष्ट पदाधिकारीको छानवीन गर्नुपर्ने, विश्वविद्यालयमा हुने आर्थिक अनियमितताको छानवीन गर्न छानवीन समिति गठन गर्नुपर्ने लगायतका मागहरु छन् ।
विश्वविद्यालय केन्द्रिय कार्यालयमा लगाइएको तालावन्दीका कारण विश्वविद्यालयले दुरगामी प्रभाव पर्ने खालका कुनैपनि निर्णय गर्न सकेको छैन । वाह्र बर्षदेखि रोकिएको दिक्षान्त समारोह सम्पन्न गर्ने योजना अवरुद्ध भएको विश्वविद्यालयले जनाएको छ । त्यसैगरी पाठ्यक्रम लागुगर्ने निर्णय, एकिकृत हस्पीटलको निर्माणको प्रक्रिया अघि बढाउने, लगायत संपुर्ण पुजिगत बजेट खर्च गर्नकालागी पनि समस्या उत्पन्न भएको विश्वविद्यालयका पदाधिकारीहरुले बताएका छन् ।
विश्वविद्यालयले केहि माग पुरा हुन सक्ने बताएपनि विद्यार्थि संघर्ष समितिले राखेका सवै मागहरुलाइ विश्वविद्यालय स्वयमले चाहेर पनि पुरा गर्न नसक्ने विश्वविद्यालय उपकुलपति प्राध्यापक यादव लामीछानेले बताएका छन् । ‘केहि माग त अत्यन्तै अस्वाभाविक रहेका छन्, जस्तोकि हाम्रो आंगिक क्याम्पस नभएर संबन्धन प्राप्त विद्यपिठमा पनि स्थाइ दरवन्दी हामीले चाहेर पनि पुरा गर्न सक्दैनौं, सेवा आयोगको पुर्नगठन हाम्रो नभएर सरकारको दायित्व हो’, उपकुलपतिले भने । विश्वविद्यालय विगत ५ बर्षदेखि स्मुथली सन्चालन भैरहेको अवस्थामा पछिल्लो समयमा भएको तालावन्दीका कारण फेरी एक महिनादेखि ठप्प रहेको पनि उनको बुझाइ थियो । तैपनि यो विषयमा आफुहरु गम्भीर रहेको उनले बताएका छन् ।
‘हो हामीले विसं २०६७ शालदेखि रोकिएको दिक्षान्त समारोह सम्पन्न गर्नकालागी पदक तयार गर्ने लगायतका सवै काम गर्दै थियौं, तर जवसम्म तालावन्दी खुल्दैन, त्यो काम कसरी अघि बढ्ला’, उपकुलपतिलामीछानेले भने । तालावन्दी गर्ने विद्यार्थि संगठनसंग आफै बार्तामा नबस्ने भएपनि अनौपचारीक छलफल भएको उपकुलपतिले बताएका छन् ।
औपचारीक रुपमा वार्ता र संवादलाइ अघि बढाउन विश्वविद्यालयका रजिष्टार माधव अधिकारीको संयोजकत्वमा एउटा ५ सदस्यीय कार्यदल बनेको छ । रजिष्टार अधिकारीको संयोजकत्वमा प्रगतिशिल प्राध्यापक संघका प्रतिनिधि, प्रजातान्त्रिक प्राध्यापक संघका प्रतिनिधि, राष्ट्रिय प्राध्यापक संघका प्रतिनिधि तथा कर्मचारी युनियनका प्रतिनिधि सदस्य सचिव रहनेगरी वार्ता कार्यदल बनेको पनि उनले बताए । चांडै यो समस्यालाइ समाधान गर्नेमा वार्ताटोलि निकै गम्भीर रुपमा प्रस्तुत हुने पनि उनले बताएका छन् । यद्धपि वार्ता टोलिले अहिलेसम्म वार्ता सुरु गरेको भने छैन ।
विश्वविद्यालयमा निरन्तर तालावन्दी हुनथालेपछि उच्च अदालत तुलसीपुरले करीव ५ बर्ष अघि विश्वविद्यालयमा प्राध्यापक कर्मचारीले कुनैपनि माग राखेर तालावन्दी गर्न नपाइने फैसला गरेको थियो । तर विद्यार्थि संगठनले गरेको तालावन्दीका सन्दर्भमा फैसलाले केहि बोलेको छैन । यहि कारण विश्वविद्यालय प्रशासनले ताला फोर्ने हैसियत राखेको छैन ।
तालावन्दी खासमा विश्वविद्यालय कार्यकारी परीषदमा २ जना लोकतान्त्रिक प्राध्यापक राख्नेमा बढि केन्द्रित भएको बताइएको छ । तर पदाधिकारीहरुले लोकतान्त्रिक प्राध्यापक संगठनको एक जनालाइ र गठवन्धन मध्येबाट माओवादी निटक प्राध्यापक एक जनालइ कार्यकारी परीषदमा ल्याउने प्रस्ताव राखेको थियो । तर सिनेट सभामा यो विषयमा कुनै निर्णय हुन सकेन । हाल सम्म पनि यो विषयमा पदाधिकारीहरु सकारात्मक बन्ने र लोकतान्त्रिक प्राध्यापकबाट दुइजनालाइ कार्यकारी परीषदमा लैजाने अवस्था भने देखिएको छैन । यहि कारण विद्यार्थिहरुका गम्भीर मागलाइ सम्वोधन गर्नकालागी एउटा कार्यदल निर्माण गरिएको हो ।
नेपाल संस्कृत विश्वविद्यालय बेलझुण्डिलाइ तालझुण्डि विश्वविद्यालयका रुपमा हेरिदै आएको छ । यद्धपि यस अघिका आन्दोलनका श्रृंखलालाइ हेर्दा विश्वविद्यालयमा तालावन्दी खासमा सवैभन्दा बढि पेसागत संघसंगठनका पदाधिकारीहरुबाट भएको देखिन्छ । तालावन्दी विश्वविद्यालयको गरीमा बढाउने भन्दा पनि संघसंगठनमा आवद्ध व्यक्तिहरुका निहित स्वार्थ पुर्तिकालागी मात्रै केन्द्रित देखिएको वेलझुण्डि क्षेत्र विकाश समितिका एक जना पदाधिकारीले बताएका छन् ।
समग्र विश्वविद्यालयको हितलाइ मध्यनजर गरेर अहिले सम्म विश्वविद्यालयमा तालावन्दी नभएको पनि ती अधिकारीको भनाइ थियो । भागवण्डाको राजनिति र पेषागत स्वार्थमै रुमल्लिएको विश्वविद्यालयको गरीमालाइ तालावन्दीले फेरी कता पु¥याउला?