२०७७ कार्तिक १४ गते शुक्रवार

प्रकाण्डका छोरा पक्राउ पछि शैक्षिक आमहड्ताल आह्वान

दाङ,माघ २३ ।
विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी निकट अखिल नेपाल राष्टिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी ) दाङले विहीवार शैक्षिक आमहड्ताल घोषणा गरेको छ । आफ्ना केन्द्रीय कोषाध्यक्ष नरेन्द्र विश्वकर्मालाई पक्राउ गरेको विरोधमा शैक्षिक आमहड्ताल आह्वान गरिएको विज्ञप्तिमा उल्लेख छ ।

संगठनको दाङ जिल्ला अध्यक्ष प्रितिमा चौधरीले बुधवार जारी गरेको प्रेस बक्तव्यमा माघ १७ गते विश्वकर्मालाई विराटनगर बाट विनाकारण गिरफ्तार गरेको हुँदा त्यसको विरोध र विनासर्त रिहाईको मागगर्दै शैक्षिक आमहड्ताल गर्नु परेको उल्लेख गरेकी छन् ।

पक्राउ परेका विश्वकर्मा विप्लव नेतृत्वको नेकपाका स्थायी कमिटी सदस्य तथा पार्टी प्रवक्ता खड्गबहादुर विश्वकर्मा प्रकाण्डका छोरा हुन । यसअघि प्रहरीले नरेन्द्रको झोलामा गोली फेला परेको हुँदा पक्राउ गरेको खवर सार्वजनिक गरेको थियो । तर,त्यो फसाउने षडेन्त्र मात्रै भएको जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।

विज्ञप्तिमा विहिवार दाङका सम्पूर्ण शैक्षिक संस्था बन्द गर्न आग्रह गर्दै अटेरी गरे आइपर्ने सम्पूर्ण जिम्मा संवन्धित संस्थाले नै लिनुपर्ने चेतावनी पनि दिइएको छ ।

प्रकाशित मिति : २०७५ माघ २३ गते बुधवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *