लमही, जेठ ९ । स्तरीय एवं विशेषज्ञ स्वास्थ्य सेवाको पहचबाट टाढा रहेको देउखुरीले वालवालिकाको विशेषज्ञ स्वास्थ्य उपचार सेवा पाएको छ । तुलसीपुरस्थीत तुलसी वालअस्पतालले लमहीमा तुलसी सेटलाइट अस्पताल सन्चालनमा ल्याएपछि लमहीबासीले तुलसी अस्पतालको तरक्की भन्दै प्रशंसा गरेका छन् ।
‘बच्चालाइ नियमित चिकित्सकिय सेवा आवस्यक थियो, यसअघि नियमित चेकजांचकालागी तुलसीपुर पुग्नुपथ्र्यो, अव दैलोमै अस्पताल आएको जस्तो अनुभुति भएको छ’, देउखुरीको गढवा गाउपालिका ४का स्थानियबासी प्रदिप विकले भने । उनको बच्चालाइ जन्मदै म्यानेन्जाइटीसको समस्या थियो । त्यसपछि उनले करीव दुइ बर्षदेखि बच्चाको नियमित उपचारकालागी तुलसीपुरस्थीत तुलसी वालअस्पताल धाउदै आएका थिए ।
प्रदिप जस्तै गढवा—४ कै शोभा विश्वकर्मालाइ पनि आफ्नो काखे नानी च्यापेर अव तुलसीपुर सम्म पुग्नुपर्ने छैन । ‘तुलसी अस्पतालले लमहीमै शाखा खोलेर विशेषज्ञ सहितको वाल उपचार सेवा सुरु गरेपछि हामीहरु निकै खुसी छौं, अव हामीलाइ तुलसीपुर पुग्नुपर्ने छैन’, शोभाले खुसीहुंदै गोरक्षलाइ भनिन् । उनको बच्चालाइ पनि दिर्घरोगको समस्या छ ।
केहि बर्ष सम्म नियमित रुपमा चिकित्सकिय निगरानी चाहिने उनलाइ चिकित्सकहरुले बताउंदै आएका छन् । शोभा र प्रतिप मात्र होइन, पुरै देउखुरीबासीलाइ तुलसी स्याटलाइट अस्पतालले वालवालिकाकालागी विशेषज्ञ स्वास्थ्य उपचार प्रदान गर्ने छ ।
तुलसीपुरस्थीत तुलसी अस्पतालले आफ्नै स्वामित्व र व्यवस्थापनमा चौविसै घण्टा मेडिकल अफिसर र दिनदिनै वालरोग विशेषज्ञ सहितको स्वास्थ्य उपचार सेवा प्रदान गर्न लमहीको कोलहीमा केहि दिन अघि अस्पताल सन्चालनमा ल्याएको छ । वरीष्ठ वालरोग विशेषज्ञ डा किशोर खत्री सहितको विशेषज्ञ चिकित्सकको टोलिले लमहीको तुलसी स्याटेलाइट अस्पतालबाट वालवालिकाहरुलाइ श्वास्थ्य सेवा प्रदान गर्न थालेको छ ।
अत्याधुनिक एक्सरे सेवा, प्रयोगशाला सेवा, वालवालिकाहरुकालागी खेल तथा मनोरन्जन कक्ष सहित विरामीहरुलाइ भर्ना समेत गरेर उपचार गर्नेगरी अस्पताल सन्चालनमा ल्याइएको अस्पतालका सन्चालक डा किशोर खत्रीले बताएका छन् । ‘सामान्य रोगकालागी विशेषज्ञ सहित दैनिक चेकजांच र विरामी भर्ना पनि यहि हुने छ, गम्भीर प्रक्रितिका विरामी, एनआइसियु सेवा चाहिने नवजात शिसु तथा शल्यक्रिया गर्नुपर्ने वालवालिकालाइ तुलसीपुरमै लगेर उपचार गरीने छ’, डा खत्रीले भने ।
अस्पतालले त्यसकालागी आइसियु सेवा सहितको एम्वुलेन्स समेत व्यवस्थापन गरेको छ । ‘हामी सघन उपचार चाहिने वालवालिकालाइ आफ्नै एम्वुलेन्समा चिकित्सक सहितको टोलिले तुलसीपुर पु¥याएर स्वास्थ्य उपचार सेवा दिने छौं’, डा खत्रीले भने । त्यसैगरी सामाजिक उत्तरदायित्व निर्वाहकालागी पनि अस्पताल तयार रहेको सन्चालक डा खत्रीको भनाइ थियो ।
‘पैसा नभएर कुनैपनि वालवालिकाले उपचार नपाएर ज्यान गुमाउनु पर्ने छैन, त्यसकालागी निशुल्क उपचार गर्न पनि अस्पताल तयार छ’, डा खत्रीले भने । अत्यन्तै विपन्न परीवारका बच्चालाइ आवस्यकता अनुसार उपचारमा सहुलियत प्रदान गर्ने पनि डा खत्रीले बताए ।
देउखुरी क्षेत्रमै वालरोग विशेषज्ञ सहितको स्वास्थ्य उपचारगर्ने निजि तथा सरकारी अस्पताल नभएकाले आफुले लमहीमा तुलसी स्याटलाइट अस्पताल सन्चालनमा ल्याएको पनि उनले बताए । सो अस्पतालले देउखुरी मात्र नभएर कोइलाबास सिमा देखि रोल्पा, प्युठान र अर्घाखाचीका विरामीहरुकालागी पनि स्वास्थ्य उपचार सेवा प्रदान गर्ने आफ्नो लक्ष रहेको बताएका छन् ।