२०८१ बैशाख ७ गते शुक्रवार

सल्यानमा विप्लव संगठन विस्तारमा व्यस्त


खकेन्द्र केसी,
सल्यान, माघ २३ ।
नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी सल्यानले एकिकृत जनक्रन्तिको लागि भन्दै जनतालाई लाम्बद्ध बनाउदै लगेको बताएको छ ।

संगठन विस्तार तथा सुदृढिकरण अभियान अन्तरगत सल्यानमा जिल्लाको विभिन्न स्थानमा संगठन विस्तारको काम भइरहेको उक्त पार्टीले बताएको छ । त्यसका लागि समुह छुट्याएर प्रशिक्षण दिइरहेको सल्यान इन्चार्ज विश्वले जानकारी दिए ।

संगठन विस्तार तथा सुदृढिकरण अभियान र प्रशिक्षणको लागि केन्द्रीय सदस्य मिलन, सल्यान जिल्ला इन्चार्ज विश्व, दैलेख जिल्ला इन्चार्ज विवेक, युवा संघका केन्द्रीय सदस्य पाटन, अनेमा संघ राप्ती व्यूरो संयोजक हेमन्ता लागएतको नेताहरु गाँउ गाँउमा खटिएको जानकारी दिइएको छ ।

एकैदिनमा १७ संगठन निर्माण
उक्त अभियान अन्तरगत उक्त टिमले मंगलबार मात्रै १७ वटा संगठन निर्माण गरेको जानकारी दिएको छ ।
जिल्लाको बागचौर नगरपालिका ६ दुदिलाबोटमा प्रशिक्षणबाट तिलक ओलीको सेक्रेटरीमा ९ सदस्यीय वडा कमिटी र जय प्रकाश ओलीको संयोजकमा ९ सदस्यीय युवा संगठन निर्माण गरिएको छ । वडा नम्बर ४ मा शेरबहादुर ओलीको सेक्रेटरीमा १३ सदस्यीय वडा कमिटी र खगेन्द्र ओलीको अध्यक्षतामा ९ सदस्यीय युवा संगठन,छत्रेश्वरी ४ मा गिता केसीको अध्यक्षतामा ९ सदस्यीय महिला वडा कमिटी,वडा नम्बर ३ मा नारायनी ओलीको अध्यक्षतामा ७ सदस्य महिला वडा कमिटी,वडा नम्बर ३ मै कृष्णा पुनको अध्यक्षतामा ५ सदस्य ज्यामिरे टोल कमिटी, रुपा पुनको अध्यक्षतामा ५ सदस्य बुलबुले टोल कमिटी र हरिकला कवरको अध्यक्षतामा ५ सदस्य सिंगारीकोट ईकाइ महिला कमिटी निर्माण गरिएको नेकपा छत्रेश्वरी गाउँ कमिटीले जानकारी दिएको छ ।

उता दार्मा गाउँपालिकाको वडा नम्बर १ मा पुर्णबहादुर सुनारको सेक्रेटरीमा ९ सदस्य वडा कमिटी, झकेन्द्रबहादुर परियारको अध्यक्षतामा ७ सदस्य युवा संगठन, निशा रोकायको संयोजकत्वमा ७ सदस्य महिला वडा कमिटी, शान्ता कटुवालको संंयोजकत्वमा ९ सदस्य दार्माकोट गाउँ ईकाइ कमिटी र चक्रे कामीको संयोजकत्वमा ७ सदस्य किसान संगनठ निर्माण गरिएको नेकपा दार्मा गाउँ कमिटीले जानकारी दिएको छ ।

त्यस्तै सरस्वती मावि बागचौर पेदिखोलामा चन्द्रप्रकाश केसीको अध्यक्षतामा ४५ जना वद्यिार्थी संगठन,रागेचौर मावि कुमाख गाउँपालिकामा दिपक रावतको अध्यक्षतामा ११ सदस्य विद्यायर्थी संगठन,गुँरासे माविमा नविक केसीको अध्यक्षतामा ३५ सदस्य विद्यार्थी संगठन विस्तार गरिएको अखिल क्रान्तिकारी सल्यानले जनाएको छ ।

प्रकाशित मिति : २०७५ माघ २३ गते बुधवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *