लमही,जेठ ६ । लमहीमा तुलसी सेटलाइट हस्पिटल प्राली ९नवजात शिशु तथा बाल अस्पताल० संचालनमा आएको छ ।
शुक्रबार एक कार्यक्रमको आयोजना गरि उक्त अस्पतालको उद्घाटन गरिएको हो ।अस्पतालको उद्घाटन लमही नगरपालिकाका नवनिर्वाचित नगर प्रमुख जोगराज चौधरीले गरेका हुन ।
त्यस अवसरमा लमही नगरपालिका नवनिर्वाचित नगर प्रमुख जोगराज चौधरीले अस्पतालहरुले सर्बसुलभ रुपमा सेवा दिन सक्नु पर्ने बताए । उनले लमहीमा अस्पतालहरु क्रमशः खुल्दै जानू अत्यन्तै सुखद पक्ष भएको बताउदै अस्पतालको संख्या बढाउनु भन्दा गुणस्तरीय सेवा प्रदान गर्ने तर्फ अस्पतालहरुले ध्यान दिनु पर्ने बताए ।
नगर प्रमुख चौधरीले लमही अस्पताललाई व्यवस्थीत गर्नेमा आफू कटिबद्ध भएर लाग्ने बताए ।
त्यस्तै नवनिर्वाचित नगर उपप्रमुख लक्ष्मी योगीले अस्पतालले सर्बसुलभ तरिकाले सेवा दिनु पर्ने बताइन । स्वास्थ्य मानिसका लागि नभई नहुने कुरा भएको बताउदै उनले सबै नागरिकले छिटो छरितो सेवा पाएर स्वास्थ्य लाभ लिने वातावरण गराउन अस्पताल प्रशासनले ध्यान दिनुपर्ने बताइन ।
अस्पतालका डाक्टर किशोर खत्रीको अध्यक्षता तथा लमही नगरपालिकाका नवनिर्वाचित नगर प्रमुख जोगराज चौधरीको प्रमुख आतिथ्यता एवम् उपप्रमुख लक्ष्मी योगीको विशिष्ट आतिथ्यतामा भएको उद्घाटन कार्यक्रमको सहजीकरण अस्पतालका प्रशासन प्रमुख अकुर दाहाल र फणाधर ढकालले गरेका थिए ।