शान्तिनगर, जेठ ३ । दाङको शान्तिनगर गाउँपालिकाले युवा नेतृत्व पाएको छ । शान्तिनगर गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसका उमेदवार युवा नेता प्रमोद बस्नेत र उपाध्यक्षमा प्रेमा बुढाथोकी केसी निर्वाचित भएका छन ।
छोटो समयमा चर्चा बटुलेका चर्चित युवा बस्नेतले शान्तिनगर गाउँपालिकाको नेतृत्व सम्हाल्ने अवसरा पाएका छन ।
गाउँपालिकाको अध्यक्षमा कांग्रेसका बस्नेतले ५७१६ मत प्राप्त गरी विजयी हासील गरेका हुन ।
उनका प्रतिद्धन्द्धी एमालेका विष्णु केसीले ४५२४ र माओवादी केन्द्रका मोहनलाल वलीले २७९४, एकीकृत समाजवादीका ऋषिराज आचार्यले २५,राप्रपाका टंकराज पाण्डेले १०८ र राष्ट्रिय जनमुक्ती पाटीका धनराज स्वर्णकारले ३ मत प्राप्त प्राप्त गरेका थिए ।
बस्नेतले केसीलाई ११९२ मतान्तरले पराजित गरेका हुन । केसीलाई यस अघि २०७४ सालको स्थानीय तहको निर्वाचनमा कांग्रेसका कमानसिंह डाँगीले पराजित गरेका थिए ।
त्यस्तै उपाध्यक्षमा कांग्रेसका प्रेमा बुढाथोकी केसीले ५७५० मत प्राप्त गरी निर्वाचित भइन । उनका निकटतम प्रतिष्पर्धी एमालेका कमला भण्डारीले ४०२८ मत प्राप्त गरिन ।
यहाँ नेकपा माओवादी केन्द्रकी राधिका परियारले ३०८३ , एकीकृत समाजवादीका लता बस्नेतले २८ मत मात्रै प्राप्त गरेका थिए ।