टेकबहादुर पुन, राजपुर, जेठ २ । दाङको राजपुर गाउँपालिका नेपाली काँग्रेसले झण्डा फहराएको छ । काँग्रेसकाका अध्यक्षका उम्मेदवार शरद बुढाथोकी र उपाध्यक्षमा धनपतीदेबी यादब बिजयी भएका छन ।
बुढाथोकीले आफ्ना निकटतम प्रतिद्वन्दी माओबादी केन्द्रका चक्रबहादुर खड्का (शिखर) लाई ८ सय १३ मतान्तरले पराजित गरेका हुन ।
बुढाथोकीले ३ हजार ९ सय ८० मत प्राप्त गर्दा माओबादीका खड्काले ३ हजार १ सय ६७ मत प्राप्त गरेका थिए ।
त्यस्तै उपाध्यक्षमा काँग्रेसकी धनपतीदेबी यादब ४ सय ८८ मतान्तरले बिजयी भइन । धनपतीले ३ हजार ८ सय ३६ मत प्राप्त गरिन ।
प्रतिद्वन्दी माओबादीकी पुष्पा यादबले ३ हजार ३ सय ४८ मत प्राप्त गरेकी थिइन । धनपती यसअघि पनि गाउँपालिकाको उपाध्यक्ष थिइन । यसअघि पनि यो पालिका काँग्रेसले नै जितेका थियो ।
त्यस्तै यहाँ नेकपा एमालेका अध्यक्षका उम्मेदवार कुलराज गिरीले २ हजार ९ सय २२ र उपाध्यक्ष सीता यादबले २ हजार ९ सय ७ मत प्राप्त गरेका थिए ।
१५ हजार ७ सय २३ मतदाता रहेको यो पालिकामा ११ हजार ७ सय ४१ मत खसेको थियो ।
पालिकाका ७ वटा मध्य ३,६ र ७ माओबादी केन्द्रले जितेको छ भने वडा नं. २ र ४ नेपाली काँग्रेसले जितेको छ ।
त्यस्तै नेकपा एमालेले वडा नम्बर १ र ५ जितेको छ ।