दाङ, जेठ १ । रोल्पाको रुन्टिगढी गाउँपालिका–१ मा नेपाली कांग्रेसको पुरै प्यान विजयी भएको छ।
कांग्रेसका थमबहादुर घर्ती वडाध्यक्षमा विजयी भएका छन् । घर्तीले ६ सय ३२ मत प्राप्त गरे । यसअघिका वडाध्यक्षसमेत रहेका नेकपा माओवादी केन्द्रका वडाध्यक्ष पदका उम्मेदवार मिनबहादुर थापाले ५९४ मत प्राप्त गरेका थिए ।
त्यस्तै सदस्यहरुमा बुद्धिलाल ओली, फत्तेसिङ घर्ती, चन्द्री पुन र दिलमाया कामी निर्वाचित भएका छन ।
प्रकाशित मिति : २०७९ जेष्ठ १ गते आइतवार
