दाङ, बैशाख ३१ । बबई गाउँपालिकामा नेपाली काँग्रेसका उम्मेदवारको अग्रता कायमै राखेका छन् ।
काँग्रेसका गाउँपालिका अध्यक्ष पदका उम्मेदवार कुलबहादुर खत्रीले ११०० मत गणना गर्दा ४३६ मत र उपाध्यक्ष पदकी उम्मेदवार बमकुमारी खड्काले ४०१ मत प्राप्त गरेकी छन । अहिले वडा नं.१ र २ मा मतगणना चलिरहेको छ ।
त्यस्तै नेकपा एमालेका गाउँपालिकाका अध्यक्ष पदका उम्मेदवार भुवनेश्वर पौडेलले ३५४ र उपाध्यक्ष पदकी उम्मेदवार साबित्रा बिकले ३४८ मत प्राप्त गरेकी छन् । पौडेल यसअघि पनि सोही गाउँपालिकाका अध्यक्ष थिए ।
यो गाउँपालिकामा अध्यक्ष पदका उम्मेदवार नेकपा माओबादी केन्द्रका भिमबहादुर वलीले २१७ र उपाध्यक्ष पदकी उम्मेदवार अञ्जु घर्तीले २३५ मत प्राप्त गरेकी छन् ।
अध्यक्षमा खरायो पदका स्वतन्त्र उम्मेदवारले ७, उपाध्यक्ष कलमले १५, राप्रपाका अध्यक्षका उम्मेदवारले ३ र उपाध्यक्षको अहिले सम्म १ मत मात्रै प्राप्त गरेका छन् ।
बबईमा कुल २२ हजार १ सय ४४ मतदाता रहेकोमा १६ हजार ६ सय ६१ मत खसेको थियो ।