सल्यान, २० माघ ।
सल्यानको कपुरकोट गाउँपालिकाको हिउँदे अधिवेशन माघ २९ गतेदेखि सुरु हुने भएको छ । गाउँकार्यपालिकाको आइतबारको बैठकले त्यस्तो निर्णय गरको प्रवक्ता यमकुमार बस्नेतले जानकारी दिए ।
गाउँपालिकाका अध्यक्ष भिमबहादुर सेनको अध्यक्षतामा बसको बैठकले चालु आर्थिक वर्षका योजना तथा कार्यक्रमहरु माथि निगरानी बढाउन सदस्यहरुलाई निर्देशन दिएको छ । आफ्नो क्षेत्रमा सञ्चालन भइरहेका योजना तथा कार्यक्रमहरुको निगरानी, अनुगमन गर्न निर्देशन दिइएको बैठक पछि प्रवक्ता बस्नेले बताए । बैठकमा प्रथम चौमासिकमा भएका कामको समिक्षा पनि भएको थियो ।
बैठकले निःशुल्क आँखा शिविर सञ्चलन गर्ने, गाउँपालिक ाभित्रका मावि तथा निमाविहरुमा किशोरी शिक्षा सञ्चालन गर्ने, सल्यान कारागारमा पुस्तकालय स्थापना गर्न सहयोग गर्ने निर्णय पारित गरेको छ ।
प्रकाशित मिति : २०७५ माघ २० गते आइतवार