२०८३ असार २७ गते शनिवार

जनजिविकासंग जोडिएका काम गर्ने प्रतिवद्धता

तुलसीपुर, २६ बैशाख । पाँच दलिय गठवन्धन अन्र्तगत तुलसीपुर उपमहानगरपालिका वडा नं. ५ ले पार्टीका आधिकारीक उम्मेदवारलाई मतदान गरि अत्याधिक मतले विजय गराउन आग्रह गरेको छ ।

तुलसीपुरमा पत्रकार सम्मेलन गरि नेपाली काँग्रेस, नेकपा माओेवादी, नेकपा समाजवादि लगायतका दलका नेताहरुले गठवन्धन विरोधी क्रियाकलाप गर्ने जोकोहि पनि कारवाहिको भागेदार हुने भन्दै गठबन्धनको पक्षमा लाग्न आग्रह समेत गरेका छन् ।

पत्रकार समेलनमा बोल्दै नेपाली काँग्रेसका वडा इकाई सभापति नविन बुढाथोकीले गठवन्धनका वडाका अध्यक्ष, सदस्यहरु र मेयर उपमेयरमा मतदान गरि विजय गराउन सवैलाई आग्रह गरे ।

‘हिजो सम्म केहि असमति विमती थिएहोला अव कसैका पनि छैन् अव ढुक्क भएर आधिकारीक उम्मेदवारलाई विजय गराउन सवै लाग्नुहोस –उनले भने ।

त्यस्तै नेकपा माओवादी वडा नं. ५ का इन्र्चाज मिनराज भण्डारीले पार्टि विपरीत र ५ दलिय गठबन्धन विरुद्ध स्वतन्त्रमा उम्मेदवार दिएका पार्टीका सदस्यहरु प्रेम बाठा, प्रतिभा हमाल र रुपेश विकलाई कारवाहि गरेको भन्दै कोहि कसैले पनि गठवन्धन विरोधी कार्य गरे कारवाहिको भागिदार हुने भन्दै नगर्न चेतावनी दिए ।

उनले गठवन्धनको मर्म अनुसार सवैलाई वडाध्यक्ष सदस्य र मेयर उपमेयर अत्याधिक मतले विजय गराउन आग्रह गरे ।

‘कोहि कसैले पनि हाम्रो पार्टीबाट उम्मेदवारी दिएका छैन् गठवन्धन वाहेकमा वाहेक अन्यले कोहि पनि नझुकीनुहोला, अनि लहलहैमा नलाग्नु होला –पत्रकार सम्मेलनमा भने । त्यस्तै समाजवादिका नगर इश्वरी भण्डारीले गठवन्धनका आधिकारी उम्मेदवारलाई विजय गराउन आग्रह गरे ।

पत्रकार सम्मेलनमा बोल्दै पाँच दलिय गठवन्धनबाट नेपाली काँग्रेसको तर्फ बाट तुलसीपुर उपमहानगरपालिका वडा नं. ५ बाट वडाध्यक्षका उम्मेदवार विरेन्द्र शाहले आफुहरुले गर्न सक्ने कुरामात्र बोल्ने भन्दै आफुहरुले आकाशे पुल देखि अन्डरग्राउड पार्कीङको सपना नदेखाउने बताए ।

उनले जनजिविका र जनता संग प्रत्यक्ष जोडिएका गर्न सक्ने कामहरु मात्र गर्ने प्रतिवद्धता व्यक्त गरे । उनले विकास शिक्षा, स्वास्थ्यलगायतका कामहरु यस अघिपनि आफ्नो नेतृत्वको टिमले गरेको भन्दै अव पनि प्रतिवद्धभएर लाग्ने बताए ।

‘हामीहरुले गर्न सक्ने र जनजिविका सग जोडिएका कामहरु गर्नेछौं नसक्ने र नहुने सपना जनतालाई देखाएका छैनै उनले भने । शाहले अन्डरग्राउण्ड पार्कीङ देखि आकाशे पुल सम्मको सपना यस अघिपनि बाढेको भन्दै त्यो पुरा गर्न नसकेको बताए ।

उनले अहिले पनि जनतालाई झुकाउने र झुटाकुरा बाढेर केहि नहुने तर्क गरे । कार्यक्रमको सहजिकरण नेकपा माओवादीका सह इन्चार्ज प्रकाश वलीले गरेका थिए ।

प्रकाशित मिति : २०७९ बैशाख २६ गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *