तुलसीपुर, बैशाख २५ । तुलसीपुर उपमहानगरपालिका वडा नं. १० मा नेपाली काँग्रेसका आधिकारिक उम्मेदवार धुर्वबहादुर शाहलाई समर्थन गर्दै नेपाली काँग्रेसका युवा रन्दिपकुमार न्यौंपानेले उम्मेदवारी फिर्ता लिएका छन् ।
न्यौंपानेले आइतबार एक बिज्ञप्ति मार्फत उम्मेदवारी फिर्ता लिएको जानकारी दिएका हुन ।
निर्वाचन आयोगमा उम्मेदवारी दर्ता भइ मतदान चिन्हसमेत प्राप्त गरि सकेका न्यौंपानेले काँग्रेसका आधिकारिक उम्मेदवारलाई बिजयी गराउन सहयोग पुगोस भन्ने हेतुले उम्मेदवारी फिर्ता लिएको जानकारी दिएका छन् ।
नेपाली काँग्रेसका अग्रज नेता र शाहसंगको समझदारीमा अबदेखि शाहलाई बिजयी गराउन आँफुपनि खटिने न्यौंपानेले बिज्ञप्तिमा उल्लेख गरेका छन् ।
साथै न्यौंपानेले सबैलाई शाहलाई मतदान गरि अत्यधिक बहुमतले बिजयी गराउन अपिलसमेत गरेका छन् ।
न्यौंपानेले उम्मेदावारी फिर्ता लिएपछि अब वडा नं. १० मा शाहलाई जित्न सहज हुने दाबी गर्न थालिएको छ ।
यसअघि २०७४ सालको निर्वाचनमा पनि उक्त वडा नेपाली काँग्रेसले नै जितेको थियो ।