२०८१ मङ्सिर १७ गते सोमवार

मतदाताको रोजाईमा गठबन्धन

गिरिराज नेपाली,घोराही, बैशाख २३ । आगामी बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचन हुन अब हप्तादिन मात्रै वाँकी छ । चुनावी मिति जति छोटिदै छ, उम्मेद्वार, नेता तथा कार्यकर्ताहरुको सक्रियता उत्ति नै लम्बिदै छ ।

चुनावीसभा, मतदाता भेटघाट तथा घरदैलो अभियानले निकै तिव्रता पाएका छन् । चुनावीसभा , मतदाता भेटघाटको अभियानमा गाउँ पसेका उम्मेद्वार, नेता तथा कार्यकर्ताहरुलाई पनि मतदाताहरुले मन खोलेर आफ्ना पीडा, समस्या र अपेक्षाहरु राख्दै आइरहेका छन् । जसले उम्मेद्वार, नेता कार्यकर्ता तथा मतदाताहरुलाई अझ नजिक बनाउन सहज बनाएको छ ।

घरदैलो अभियानमा मतदाताहरुले उम्मेद्वारहरु खुसीभन्दा पीडा धेरै पोख्ने गरेका छन् । जसका कारण अब घोराही उपहानगरपालिकाका मतदाताहरुले घोराही उपमहानगरपालिकाको विकास, समृद्धि र सुशासन प्रर्वद्धनका लागि पुरानो अनुहार होईन, अब नयाँ अनुहारको मत खसाल्ने मिति पर्खिरहेका छन् ।

चुनावी अभियान अन्तर्गत मतदाता घरदैलोमा पुगेका उम्मेद्वार तथा नेता कार्यकर्ताहरु सग मतदाताहरुले अब घोराही उपहानगरपालिमा नयाँ अनुहारको खोजीमा रहेको बताएका छन् । शुक्रवार चुनावी घरदैलोमा घोराही उपमहानगरपालिका वडा नं. १० नारायणपुर पुग्नुभएका गठबन्धनका तर्फका घोराही उपमहानगरपालिका मेयर र उपमेयरलाई मतदाताहरुले फूलमालाले स्वागत गर्दै घोराही उपहानगरपालिकामा गठबन्धनको नयाँ अनुहारले , नयाँ रुप र रङ्ग दिने आशामा मतदाता बसेको गुनासो उम्मेद्वारहहरु राखेका छन् ।

घोराही उपहानगरपालिका वडा नं. १० बुद्धिराम रावतले नेकपा एमालेबाट निर्वाचित मेयर उपमेयरले पाँचवर्ष उपमहानगरपालिकाको नेतृत्व गरे पनि उपमहानगरको अवस्था फेरिन नसक्दा मतदातामा धेरै निराश भइरहेकाले अब जनताले पुरानो अनुहार र आवश्सन होईन, नयाँ अनुहार र नयाँ आशा र योजनाको खोजीमा रहेको बताए । उनले भने–‘ अघिल्लो निर्वाचनमा नेकपा एमालेलाई दिएका हौं । कुरा र योजना सुनाएर भोट लगे । भोट माग्दा गरेका बाचा पुरा गरेनन् । अब तिनै आश्वसन बाड्ने नभई नयाँ अनुहार र राम्रा योजना अघि सारेको गठबन्धनलाई भोट दिन्छौं ।’

गठबन्धन तर्फबाट घोराही उपहानगरपालिकाको मेयर पदका उम्मेद्वार हेमराज शर्मा पोख्रेल सरल र सहज योजनाकार नेता रहे पनि हालसम्म जनताको सेवा गर्ने अवसर अझै नपाएकाले मतदाताहरुले यस पटकलाई दल होईन व्यक्ति हेरौं भन्ने अभिलाषाका साथ नयाँ अनुहारको चर्चा चोकदेखि घरघरसम्म चल्दै आइरहेको छ । त्यस्तै उपमेयर पदका उम्मेद्वार भुपबहादुर डाँगी पनि अघिल्लो निर्वाचनमा नेपाली काँग्रेसका तर्फबाट उपमहानगरपालिकाको मेयर पराजीत भएका थिए ।

यही बैशाख ३० गते सम्पन्न हुने निर्वाचनमा गठबन्धन मेयर र उपमेयर दुबै उम्मेद्वार योग्य र जनताको सेवामा योजनाबद्ध काम गर्न सक्ने सक्षम नेतृत्व रहेकाले मतदाताको रोजाईमा गठबन्धनको परेको घोराही उपहानगरपालिका ७ का डम्वर वलीले बताए । उनले भने–‘ गठबन्धन रोज्नु मतदाताको बाध्यता होईन उत्साह हो । ’ जसका कारण गठबन्धन अहिले मतदाताको नयाँ उत्साह जोगका साथ उदाएको उनको भनाई छ ।

‘कुन भगवान होला गठबन्धन गरिदिने ? ’

‘कम्युनिष्ट , काँग्रेस भनेपछि उस्तै परे बोलचाल पनि हुदैन्थ्यो । कम्युनिष्ट कम्युनिष्ट मिले , अब काँग्रेस एक्लै भयो भन्ने लाग्थ्यो । तर कुन भगवान हो रु काँग्रेस , कम्युनिष्ट एक बनायो ।

भगवानले बरदान दिएजस्तै एकै पटक काँग्रेस र कम्युनिष्टलाई गठबन्धन गरिदियो । ’ घोराही उपमहानगरपालिका वडा नं. १ निवासी निमबहादुर थापाले भने–‘ गठबन्धन भयो, सोचे जस्तै भयो । कहिले हामी मिल्दैनौ की भन्ने लाग्थ्यो रु भगवानले मिलाएको कि भाग्यले मिलायो रु जसले मिलाए पनि गठबन्धन गरायो जनता खुसी भएका छौं । ’

सिद्धान्त र बैचारिक रुपमा फरक मत रहे पनि मुलुकको रक्षा र जनताको अधिकारका लागि राजनीतिक मान्यता एउटै रहेकाले फरक परिस्थितीमा फरक दल पनि एजेण्डा र योजनामा एकढिक्का भएका उदाहरणहरु लाई सम्झदै उनले थपे ।–‘ देश रहे पनि राजनीतिक रहन्छ । देश नै नरहे के राजनीति गर्नु , देश बचाउ गठबन्धन भएको हो रच ?

प्रकाशित मिति : २०७९ बैशाख २३ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *