२०८१ फाल्गुन ७ गते बुधवार

काँग्रेस दाङले सरकारविरुद्ध विरोध प्रदर्शन गर्ने


घोराही, २० माघ ।
नेपाली काँग्रेस दाङले सरकारविरुद्ध बिरोध प्रदर्शन गर्ने भएको छ । नेपाली काँग्रेस दाङले शनिबार घोराहीमा पत्रकार सम्मेलन गरेर माघ २१ गते सरकारविरुद्ध बिरोध प्रदर्शन गर्ने जानकारी गराएको हो । काँग्रेस दाङका अध्यक्ष कीर्तिबहादुर खड्काले सरकारले दुई तिहाईको दम्भमा जे गरे पनि ठिक हुने भन्दै नकारात्मक गतिविधि गरिरहेकाले त्यसको विरोध गर्ने बताएका छन् ।

नेपाली काँग्रेसको केन्द्रीय घोषणा अनुसार नै विरोध प्रदर्शन गर्न लागेको बताएका छन् । ‘गत साउन १५ गते नेपाली काँग्रेसले बिरोध सभा गरेर सचेत गराएको थियो’ पत्रकार सम्मेलनमा पार्टी सभापति खड्काले भने ‘नेपाली काँग्रेसले सकारात्मक प्रतिपक्षको भूमिका खेल्दा पनि सरकार सचेत हुन् चाहेन् ।’ सरकारले जनताको भावना विपरीत मनोमानी गर्दै आईरहेकाले जनताको माझबाट खबरदारी गर्नुपर्ने समय आएको र संसदमा सरकारका नकारात्मक कार्यविधिविरुद्ध ठप्प पारेको बताए ।

‘कर वाध्यताले नभई रहरले तिर्नुपर्छ’ उनले भने ‘सरकारले धेरै नकारात्मक कार्यहरु छन्, जो हामीले जनताको निम्ती विरोध गर्नैपर्छ ।’ माघ २१ गते हुने सरकार विरुद्धको बिरोध प्रदर्शनमा सहभागी हुनको लागि नेपाली काँग्रेसका नेता कार्यकर्ता, भातृ संगठन, विद्यार्थी संगठन, महिला संघ, शुभेच्छुक संस्थालगायतलाई नेपाली काँग्रेस दाङले अनुरोध गरेको छ ।


‘प्रधानमन्त्री हाम्रो साझा हुन्, हामी सम्मान गर्छौ, गरेका छौ’ उनले भने ‘सरकारको मनोमानीको विरोध गरेका हाँै ।’ डा केसीको मागलाई सम्वोधन गर्छौ भनेर सरकारले नै सहमतिको हस्ताक्षर गर्ने र पछि त्यसलाई परिवर्तन गरेर एक्लै विधेयक पास गरेको प्रति विरोध गरेको उनले बताए । ‘त्यस्तै २३ किलो सुन, वाईडवडी काण्डको विषयमा सरकारले सत्यतथ्य किन ल्याएन, त्यो विरुद्धको विरोध हो’ उनले भने ।

जनताको सरकार भन्ने कम्युनिष्ट सरकार मनपरी कर बढाएर गरिव जनतालाई दुःख दिएको प्रति विरोध प्रदर्शन गर्ने बताए । ‘कर वाध्यताले नभई रहरले तिर्नुपर्छ’ उनले भने ‘सरकारले धेरै नकारात्मक कार्यहरु छन्, जो हामीले जनताको निम्ती विरोध गर्नैपर्छ ।’ माघ २१ गते हुने सरकार विरुद्धको बिरोध प्रदर्शनमा सहभागी हुनको लागि नेपाली काँग्रेसका नेता कार्यकर्ता, भातृ संगठन, विद्यार्थी संगठन, महिला संघ, शुभेच्छुक संस्थालगायतलाई नेपाली काँग्रेस दाङले अनुरोध गरेको छ ।

नेपाली काँग्रेस दाङको पार्टी कार्यालयमा ११ बजेदेखि शुरु हुने बिरोधसभालाई सम्वोधन गर्न नेपाली काँग्रेसका सहमहामन्त्री प्रकाश शरण महत, केन्द्रीय सदस्य दिपक गिरीलगायतका नेताहरु आउने पत्रकार सम्मेलनमा जानकारी गराइएको थियो । काँग्रेस दाङका सभापति कीर्तिबहादुर खड्काको अध्यक्षतामा भएको पत्रकार सम्मेलनको सहजीकरण सचिव शंकरप्रसाद डाँगीले गरेका थिए ।

 

 

प्रकाशित मिति : २०७५ माघ २० गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *