मुलुक स्थानिय निर्वाचनको संघारमा छ । त्यहि क्रममा तुलसीपुर उपमहानगरपालिकामा कांग्रेस नेतृत्वको गठवन्धन र एमाले चुनावी मैदानमा छन् । यहि क्रममा यो अंकमा गठवन्धनका उम्मेदवारहरुको राजनितिक पृष्ठभुमि र गठवन्धनको आवस्यकताका विषयमा गरेको कुराकानीको सारसंक्षेप यहां प्रस्तुत गरिएको छ ।
मेयर पदका उम्मेदवार को हुन? र उपमेयर पदका उम्मेदवार को हुन्? आम पाठकलाइ उनीहरुसंगको कुराकानी सार्वजनिक गरेका छौं । मेयर र उमपेयरका उम्मेदवारका सुहाउदा जोडिलाइ तुलसीपुरबासीले जोगे जोडि भन्न रुचाएका छन् । गठवन्धनको यो भन्दा गतिलो जोडि बन्नै नसक्ने पनि मतदाताको अभिव्यक्ति देखिएको छ । यी जोडिको राजनितिक प्रोफाइल यहां प्रस्तुत गरीएको छ ।
रगतको कशम म कांग्रेस बनेंंः गेहेन्द्र गिरी
केटौले जोवनमै धुरन्धर राजनितिमा जोडिएका कर्मठ राजनितिक व्यक्तित्वको नाम हो गेहेन्द्र गिरी । हाल तुलसीपुर उपमहानगरपालिका—५ स्थाइ बसोबास भएपनि उनको जन्म भने घोराहीको सेवार बनगाउमा भयो, विसं २००८ शालमा । नेपालमा प्रजातन्त्रको उदय भएको करीव एक बर्षपछि जन्मिएका गिरी एउटा चतुर राजनितिक व्यक्तिका रुपमा उदाइरहंदा इश्र्या गर्नेहरु पनि कम थिएनन्, उनको सर्कलमा ।
बुवा देवी प्रसाद गिरी घोराही मालपोत कार्यालयमा मुखिया थिए । जागीरको क्रममा उनको परीवार त्यो वेला सेवार बनगाउमै बस्थ्यो, त्यहि जन्मिए गेहेन्द्र । प्रार्थमिक शिक्षा सेवार बनगाउ तथा घोराहीकै भरतपुरमा कक्षा ८ सम्म पढेपछि उनको माध्यमिक तहको पढाइ तुलसीपुरको मेहन्द्र हाइस्कुलमा भयो । त्यसो त उनले मेट्रिक र आइए भने भारतबाट उत्तीर्ण गरे । राजनितिलाइ सक्रिय बनाउंदै जांदा उनको त्यसभन्दा माथिको अध्ययनमा ब्रेक लाग्यो ।
त्यसो त गेहेन्द्रको पारीवारीक पृष्ठभुमि पनि नेपाली कांग्रेससंगै जोडिएको थियो । त्यसैको प्रभावले उनी पनि सानै उमेरमा सक्रिय राजनितिमा अग्रसर हुन पाए । खासमा उनको राजनितिक यात्रा सुरु भएको थियो विसं २०२३ शालदेखि । जुनवेला उनी तुलसीपुरको महेन्द्र हाइस्कुलमा अध्ययन गर्थे ।
‘त्यो वेला म कक्षा ९ मा पढ्थे, त्यहि स्कुलमा पढाउने शिक्षक पश्चिम दाङको भमकेका नेमकान्त दाहालले राजनितिको कखरा सिकाउनुभो मलाइ’, गेहेन्द्र सम्झन्छन् । उनले आफ्नै औलाको रगतले सेतो कागजमा ल्याप्चे लगाएर राजनितिको कशम खाए । ‘तन मन र धनले म पार्टिको काममा लाग्ने छु, मैले पार्टिको गोपनियता कहिकतैपनि भंग गर्ने छैन’ लेखिएको कागजमा रगतको ल्याप्चे लगाएर राजनितिमा प्रवेश गरेको हुं, गेहन्द्रले भने, औलामा कांढाले गोवेर रगत निकालेर ल्याप्चे लगाएको थिएं ।
कम्ति असहज थिएन, त्यो वेला राजनिति गर्न । जताजतै सिआइडि हुन्थे । बसमा, चोकमा, चौतारामा जताजतै सिआइडि छरीएका हुन्थे, अन्चलाधिसका । त्यतिवेला राजनितिमा लागेकाहरुलाइ क र का भन्ने गरीन्थ्यो । क भनेको कम्युनिष्ट, का भनेको कांग्रेस । क र कालाइ सरकारले अराष्ट्रिय तत्व भन्थ्यो । खोजीखोजी कारावास हाल्थे ।
कांग्रेसको राजनितिमा जोडिएकै वेला बल्ल नेविसंघ गठन भयो । अर्थात विसं २०२७ शालमा गेहेन्द्र नेविसंघको राजनितिमा जोडिए । हामी त्यो वेला महेन्द्र हाइस्कुलमा पढ्थ्यौं, पढाउने सवै शिक्षक इन्डियन भएकाले उनीहरुलाइ खासै राजनितिमा चासो थिएन । हामी निर्धक्क राजनिति गथ्यौं’, गेहेन्द्र स्मरण गर्छन, मेरो बाजे चित्रवीर गिरी कांग्रेसी भएको नाताले म पनि कांग्रेसकै राजनितिमा जोडिएं । विसं २०२४ शालदेखि गिरीको सक्रिय राजनितिक यात्रा सुरु भयो ।
त्यो वेला दाङ कम्युनिष्टमय थियो । यहांका सवै पुजिपती प्राय कम्युनिष्ट थिए । रामनारायण श्रेष्ठ यहांका चतुर अन्चलाधिस । उनले कम्युनिष्ट र कांग्रेस छुट्टयाउने तरीका पनि गजवको थियो । कम्युनिष्टहरु पाइन्ट सर्ट लगाउंथे, कांग्रेसहरु पाइजामा लगाउंथे प्राय । पाइन्ट लगाउनेहरुले उठेरै पिसाव फेर्थे, कांग्रेसहरु पाइजामा लगाउने भएकाले बसेर पिसाव फेर्थे । त्यहि कारण अन्चलाधिसले उठीउठि पिसाव फेर्नेलाइ कम्युनिष्ट भनेर चिन्थे, बसेर फेर्नेलाइ कांग्रेसी भनेर ।
‘त्यसपछि हामीले महेन्द्र हाइस्कुलमा संगठन गर्न थाल्यौं, कांग्रेस र कम्युनिष्ठबीच त्यहि वेलादेखिनै दिनदिनै झडप हुन्थ्यो । किनकि यहां कम्युनिष्ठको विगविगि थियो, नारायणपुर एरीया त पुरै कम्युनिष्ठहरुको । कांग्रेसीहरुलाइ नारायणपुर क्रसगर्नै मस्कील हुन्थ्यो, त्यो वेला’, गेहेन्द्र सम्झन्छन्, हरेक दिन झडपै झडप । उता कांग्रेस कम्युनिष्ठबीच झडम, अर्कातीर अन्चलाधिसको कडा निगरानी, थाना त अस्थाइ वासस्थान जस्तै थियो । कतीपटक हो कतीपटक थानामा थुनिएको ।
गिरी विसं २०३० शालदेखि २०३४ शालसम्म चार बर्ष घोराही कारागारमा बस्नुपर्यो, अराष्ट्रिय तत्वको आरोपमा । त्यो वेला क ले राजाको जयजय गर्थे, का ले राजाको विरोध गथ्र्यौ । त्यसैले कांग्रेसलाइ राजनिति गर्न अलि कठिनै थियो । एक दिन त स्कुलमै प्रहरी खोज्न आयो मलाइ, मसंगै सोधेको थियो, गेहेन्द्र खोइ भनेर । मैले उ नभएको बताएर प्रहरीलाइ फर्काएको थिएं ।
त्यसपछि भारतको वनारस गएर फेरी आप्रवासि विद्यार्थिको संगठनमा जोडिए गिरी । त्यहां कांग्रेसका अग्रज नेताहरुसंग संपर्क हुन पुग्यो गिरीको । त्यसपछि हामीले त्यहि बसेर तुलसीपुरको बाणिज्यबैंकबाट पैसा लुट्ने प्लान गरेका थियौं । मैले त्यहि योजना गिरीजा प्रसाद कोइरालालाइ बताएको थिएं ।
तर पछि हामीले त्यसलाइ ब्रेक गर्यौै । त्यो वेला यहांका अन्चलाधिस चन्द्रमान थकालि थिए । त्यो वेला ७ बर्ष जेल र ७ हजार जरीमाना तोक्यो । पर्चा पम्प्लेट, राजद्रोह, लगायतका ५वटा मुुद्धा लगाइए । मैले नेपालगन्जमा पुनरावेदन अदालतमा अपिल गरेपछि ४ बर्षमै रिहा भएको थिए’, गिरीले स्मरण गरे ।
खरो राजनितिमा सक्रिय गेहेन्द्र गिरी विसं २०३६ शालमा नेविसघ दाङकों जिल्ला सभापति बने । विसं २०४९ शालमा नेपाली कांग्रेस दाङको जिल्ला सभापति बने । फेरी वलदेव मज्गैयाले बीचमै जिल्ला सभापतिबाट राजिनामा दिएपछि भएको जिल्ला अधिवेशनमा पनि गेहेन्द्र गिरीनै चुनिए । विसं २०५८ सम्म उनले जिल्ला सभापतिको नेतृत्व सम्हाले । विसं २०५६ शालको संसदिय निर्वाचनमा उनी सांसदमा निर्वाचित भए ।
त्यसो त गिरी कांग्रेसको अघिल्लो तेह्रौ महाधिवेशनमा तुलसीपुर नगर सभापतिमा पनि निर्वाचित भए । भर्खरै सम्पन्न चौधौं महाधिवेशनमा उनी केन्द्रिय सदस्यमा निर्वाचित भए । विसं २०७४ शालको स्थानिय निर्वाचनमा तात्कालिन एमालेका उम्मेदवार घनश्याम पाण्डेसंग झिनो मतान्तरले तुलसीपुर उपमहानगरपालिकाको मेयरमा पराजय भोगेका गिरी आसन्न स्थानिय तहको निर्वाचनमा गठवन्धनको तर्फबाट तुलसीपुर उपमहानगरपालिकाको मेयरका उम्मेदवार बनेका छन् ।
लप्पन छप्पन जान्दैनन् जोगवहादुर
बुवा वलराम राना र आमा छबीदेवी रानाका सुपुत्र जोगवहादुर राना विसं २०२० शालमा खाद्रे वनहरीमा जन्मे । त्यही कखरा सिके । कखरासंगै राजनीति पनि सिके ।
उनलाइ दिउँसो कम्युनिष्ट नेता युवराज ज्ञवालीले पाठ्यपुस्तक पढाउंथे । राति राजनीति । त्यसैको प्रभावले राना कम्युनिष्ट भए । जवानीमा उनको रुचिको बिषय खेल क्षेत्रमा जोडिए ।
उनै जोगबहादुर यतिखेर तुलसीपुर उपमहानगरपालिकामा उपमेयरको उम्मेदवार छन् । जित्ने लक्ष्यका साथ घरदैलो अभियानमा छन् ।
पाँच राजनीतिक गठबन्धनका साझा उम्मेदवार । उनीसंग नेपाली कांग्रेसका नेता गेहेन्द्र गिरी अभिभावकका रुपमा छन् , मेयर पदका उम्मेदवार । ‘जनजातिको छोरो, लप्पन छप्पन जान्दैन,’ रानाले भने ‘स्टेट फरवार्ड–गो मेरो मिशन हो ।’
प्रार्थमिक शिक्षा खाद्रे वनहरीबाट पुरा गरेका रानाले एसएलसी महेन्द्र माबि तुलसीपुरबाट उत्तिर्ण गरे । आइए भारतको वनारसबाट गरे ।
उनी राजनीतिक रुपमा खाद्रेमै प्रशिक्षित भएका थिए । उनको पारिवारीक पृष्ठभुमि पनि कम्युनिष्ट शिक्षासंग जोडिएको छ ।
विक्रम संबत २०३६ सालको जनमत संग्रहमा राना पञ्चायत बिरुद्ध पर्चा पप्लेटिङ गर्ने होनाहार कार्यकर्ताका रुपमा चिनिन्थे । महेन्द्रमाविदेखि भोजपुर स्कुलसम्म उनको पर्चा छर्ने जिम्मेवारी लिन्थे । त्यही क्रममा राना राज्य नजरमा बिद्रोह युवा बनिसकेका थिए ।
रानाकै शब्दमा उनका राजनीतिक गुरु गोपाल शाक्य र नेत्रलाल अभागी हुन् । उनीहरुकै बोलिको प्रभावले आँफू कम्युनिष्ट पार्टीमा लागेको राना बताउँछन् ।
‘मैले वाह्र बर्षकै उमेरमा कम्युनिष्ट शिक्षा लिएको थिएं,’ रानाले भने ‘त्यसैले जनमत संग्रहमा म वहुदलको पक्षमा उत्रिएको थिए ।’
यद्यपी रानाले कम्युनिष्ट पार्टीको संगठित सदस्य भने २०४७ शालमा मात्रै लिए । त्यसपछि मात्रै रानाको सक्रिय राजनीतिक यात्रा सुरु भयो ।
पार्टी भुमिगत हुने अवस्थामा उनको गाउँ खाद्रे बिद्रोही गाउँका रुपमा परिचित थियो । भूमिगत राजनीति गर्ने खाद्रे बनाउनेहरु यिनै राना जस्ता युवाहरु थिए ।
उतिखेरै नेकपाका पोलिट ब्यूरो सदस्य गोपाल शाक्य लगायतका नेतालाई खाद्रे गाउँमा हप्तौंसम्म आश्रय दिइएको थियो । जोगबहादुर प्रतिको विश्वाश र राजनीतिक जग उतिखेरदेखि झनै मजबुत बनेको उनलाई नजिकबाट चिन्नेहरु बताउँछन् ।
मुलुकमा वहुदल आएपछि राना २०४८ सालमा युवा संघ दाङको अध्यक्ष बने । २०५२ मा युवासंघको केन्द्रीय सदस्य । राना युवामा उर्जा भर्ने एउटा भर्भराउँदो तागत थिए ।
त्यसपछि राना नेकपा एमालेको भातृ संगठन युुथ फोर्सको मध्यपश्चिम संयोजक बने । त्यतिखेर रानाले राजनीतिलाई तिखार्दै र निखार्दै लगे । एक पटक उनले सरकारी लाभको पदमा पनि पुगे । जिल्ला विकाश समितिको सदस्य भए ।
त्यस्तै जिल्ला खेलकुद विकाश समिति र मध्यपश्चिम खेलकुद विकाश समितिको संयोजक पनि बने । तथापी उनको पछिल्लो गन्तव्य राजनीति नै बन्यो । जिल्ला खेलकुद विकाश समितिमा बक्सिङ प्रशिक्षकको जागिर छाडेर उनी एकाएक राजनीतिमा जोडिए । किनकि, उनको तन मन र नसा राजनीति मै थियो ।
राजनीतिक यात्राकै क्रममा उपमेयरका उम्मेदवार राना नेकपा एमालेको एमाले दाङको कार्यबहाक अध्यक्ष, जिल्ला कमिटी उपाध्यक्ष, जिल्ला सचिव लगायतका भूमिका निर्वाह गरि सकेका एक अनुभवी नेता हुन ।
पार्टी विभाजनका वेला उनले केपी शर्मा ओलीको हैकमवादलाई स्वीकार्न नसकेको बताउँछन् । अहिले उनी नेकपा एकीकृत समाजवादीको केन्द्रीय सदस्य र दाङ जिल्ला इञ्चार्जको जिम्मेवारीमा छन् ।
‘मेरो माउ पार्टी एमाले न त आफ्नै पार्टीको विधान मान्न तयार थियो, न त मुलुकको संविधान मान्न नै तयार,’ एमाले छोड्नुको कारण खुलाउँदै उनले भने ‘त्यसैले लोकतन्त्र र संघीयता एवं संविधानको रक्षाका लागि एकिकृत समाजवादी रोजेको हुँ ।’
रानाले खेल क्षेत्रमा थुप्रै पसिना बगाएका छन् । पूर्व खेलाडी हुनुको नाताले उनी आँफुमा राष्ट्रियता छातिमा बोक्ने गरेको बताउँछन् । ‘अनुशासन मेरो गहना हो,’ रानाले थपे ‘ त्यही भएर लोकतन्त्र र संविधान मास्न खोज्नेहरुलाई मैले आत्मसाथ गर्न सकिन ।’
शरल र सादगी स्वभावका नेता जोगबहादुर रानाको बोली र ब्यबहार सिधा स्टेट फवार्ड जस्तै रहेको उनलाई नजिकबाट चिन्नेहरु बताउँछन् । ‘ जोगबहादुरजी जे सही ठान्नु हुन्छ त्यही गर्नु हुन्छ,’ एक एमाले नेताले भने ‘उहाँ लुक्न र झुक्न जान्ने नेता होइन ।’
एमालेका ती नेताका अनुसार ठूला सपना देखाउने र काम नगर्नेहरु भन्दा हक्की स्वभावका तथा सरल स्वभावका रानाले जित्ने संभावना प्रबल रहेको उनले बताए ।
उनी गठवन्धनको उम्मेदवार हुनु, राजनीतिमा उनको बर्षौंको लगानी हुनु, पार्टी भित्रैका गलत कुराहरुको भण्डाफोर गर्ने चरित्रका कारण राना पार्टी पंक्तिमा पनि लोकप्रिय छन् ।
पाँच दलिय गठबन्धन बीचको बलियो एकता नै आँफूहरुको जितको प्रमुख आधार मान्न सकिने राना बताउँछन् ।