२०८१ मङ्सिर १७ गते सोमवार

झुटको खेति गर्न जानेकाहरु फेरिपनि झुक्याउन आएका छन् , खबरदारी गर्नुहोस – तुलसीपुर मेयरका उम्मेदवार –गेहेन्द्र गिरी


शरद रेग्मी, कटाँहा, बैशाख २१ । पाँच दलिय गठबन्धनबाट तुलसीपुर उपमहानगरपालिकाका मेयर पदका साझा उम्मेदवार गेहेन्द्र गिरीले हरेक मतदातालाई सजग भएर मात्रै मतदान गर्न आग्रह गरेका छन् ।

तुलसीपुर – ११ कटाँहास्थित सार्वजनिक चौतारोमा आयोजित चुनाबी सभालाई सम्बोधन गर्दै नेपाली काँग्रेसका केन्द्रीय सदस्यसमेत रहेका मेयरका उम्मेदवार गिरीले अघिल्लो पटक नेकपा एमालेका नेताहरुले ठूला सपना देखाएर मत लिएपनि त्यो अनुसार पटक्कै काम नगरेको भन्दै फेरि उनीहरु यतिखेर झुक्याउन आएको हुँदा सजग भएर मतदान गर्न आग्रह गरेका हुन ।

‘ एमालेका तीन जना नेताहरु सुकुम्बासी समस्या समाधान आयोगमा रहँदा रहँदै पनि एउटा गरिबलाई पनि जग्गा धनि पूर्जा वितरण गर्न सकेनन्,’ मेयरका उम्मेदवार गिरीले भने ‘ हामीलाई बिजयी गराएमा हाम्रो पहिलो प्राथमिकता जग्गाका स्वामित्व हस्तान्तरण गर्नु नै हुनेछ ।’

पाँच दलिय गठबन्धनलाई बिजयी बनाएमा आँफुहरुले भूमिहिनलाई जग्गा धनि पूर्जा वितरण कार्य पहिलो प्राथमिकतामा राखेर गर्ने उम्मेदवार गिरीले प्रतिबद्धता जाहेर गरे ।

‘अहिलेका तुलसीपुरका मेयरले जाँदा जाँदै ६० देखि ७० करोडको बगाया छोडेर जाँदै छन्,’ उम्मेदवार गिरीले भने ‘ मेयरले आँफु बसेको कार्यालयको बिजुली बत्तिको महशुलसमेत तिर्न नसकेर बत्ती नै काटिनुले तुलसीपुरको अवस्था कस्तो होला आँफै बुझ्नुहोस।’

अहिलेको नेकपा एमालेका प्रमुखले त्यस्ता थुप्रै समस्याको भार बोकाएर जान खोजेको भन्दै त्यसले उनको स्मार्ट सिटी र नेपालकै नमुना सहर कस्तो हुँदो रहेछ भन्ने उदांगो भएको उम्मेदवार गिरीले आरोप लगाए ।

‘ अंक गणितको भाग लगाउँदा तुलसीपुरका हरेक ब्यक्तिको थाप्लोमा न्यूनतम सात सय रुपैंयाको दरले ऋण थोपारिएको छ,’ उम्मेदवार गिरीले भने ‘ अझ ३० गतेसम्म बस्दा त्यो ऋण एक अर्ब पुग्छ कि भन्ने चिन्ता छ ।’

हिजो ठूला गफ दिएर मत लिएका एमालेका मेयरले स्मार्ट सिटीको कुरा अति नै उछालेपनि किन किन नगरलाई ऋणात्मकमा पु¥याए भन्ने कुरा आँफैमा रहस्यको गर्भमा रहेको उम्मेदवार गिरीले तर्क गरे ।

‘ हाम्रो खुन पसिनाबाट लिएको करको रकम उहाँले कहाँ खर्च गर्नु भयो र किन मनपरी गर्नु भयो ? अब त्यसको हिसाब किताब मतदान मार्फन माग्ने समय आएको छ,’ उम्मेदवार गिरीले भने ‘ तुलसीपुरमा बाटो, बिद्यालयको भौतिक अवस्था के छ ? त्यो भनि रहनु पर्दैन ।’
मनतब्य ब्यक्त गर्दै गर्दा खरको छानो भएको घर देखाउँदै उम्मेदवार गिरीले खरको छानो विस्थापित गर्ने कुरा गर्ने मेयरले त्यो अनुरुपको काम नगरेको बताए ।

‘ हिजो एमालेका नेताहरुले गरेको प्रतिबद्धता पुरा गर्न के ले छेक्यो ?’ उम्मेदवार गिरीले प्रश्न गरे ‘ खै त हिजो निर्वाचनको सयमा गरेका प्रतिबद्धता र कबुलहरु ।’

झुटको खेति गर्न जानेकाहरुले फेरिपनि जनता झुक्याउन आएको हुँदा खबरदारी गर्न मेयर पदका उम्मेदवार गिरीले आग्रह गरे ।

‘तुलसीपुर अहिले यत्रतत्र जताततै भताभुंग भएको अवस्थामा छ,’ उम्मेदवार गिरीले भने ‘ त्यसैले त्यो ब्यथितिलाई सुधार्न र तुलसीपुरको विकाशलाई अगाडि बढाउन गठबन्धनलाई बिजयी गराउनुहोस।’

उम्मेदवार गिरीले जितपछि आँफुहरुले मिलेर काम गर्ने र तुलसीपुरको मुहार फेर्ने प्रतिबद्धता जाहेर गरे ।

कार्यक्रमलाई उपमेयर पदका उम्मेदवार तथा नेकपा एकीकृत समाजबादीका केन्द्रीय सदस्य जोगबहादुर राना मगर, नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा पूर्व मन्त्री दीपक गिरी, दाङ क्षेत्र नं. ३ का संघीय सांसद हिराचन्द्र केसी, राष्ट्रिय जनमोर्चाका नेता भरत भण्डारी लगाएतले लोकतन्त्र र संविधानको रक्षाको लागि गठबन्धनका उम्मेदवारलाई बिजयी बनाउन आग्रह गरेका थिए ।

प्रकाशित मिति : २०७९ बैशाख २१ गते बुधवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *