तुलसीपुर,बैशाख १९ । आगामी वैशाख ३० गते हुन गइरहेको स्थानीय तहको निर्वाचनमा जनआवश्यकताका आधारमा काम गर्ने पार्टीका उममेदवारलाई मत दिएर बिजयी बनाउने मतदाताहरुले बताएका छन् ।
हालसम्म कुनैपनि जनप्रतिनिधीले जनताको भावना भन्दा बाहिर रहेर राजीनितक आस्था र व्यक्तिगत स्वार्थका आधारमा विकासका कामहरु गरेको भन्दै उनीहरुले जनभावना बुुझेर काम गर्नसक्ने उममेद्वारहरुलाई अबको निर्वाचनमा मतदान गर्ने बताए ।
सोमबार नेपाली काँग्रेस सहितको गठवन्धन दलको वडा नं. ६मा गरेको चुनावी प्रचारप्रसार तथा घरदैलो कार्यक्रममा वडा नं. ६का वडावासीहरुले यस्तो बताएका हुन् ।
हालसम्म विकासका नामम जनतामाथी शासनमात्रै गरिएको बताउँदै आसन्न स्थानीय तहको निर्वाचनमा गठवन्धन दलका उममे्दवारहरुलाई मत दिएर बिजयी बनाउने आश्वास दिएका छन् ।
सोमबार वडा नं. ६को राजापूर,मोतिपूर,कपडादेवि र मदननगर लगायतका विभिन्न स्थानमा गरिएको घरदैलो अभियानमा स्थानीयहरुले सडक,नाला,खानेपानीको पहुँच प’न नसकेको बताउँदै उनीहरुले अवको आवश्यकता गठबन्धनदलको रहेको बताए ।
‘आजको दिनसम्म विकासका नाममा जनतामाथी शासन मात्रै भयो, उनीहरुले भने–‘तपाइहरुले जनताको आवश्यकताका आधारमा विकास निर्माणका योजनाहरु ल्याउनुुस् र सोही अनुसारको काम गर्नुस् तपाईलाई जिताउने हामी जनता छौँ ।’
आसन्न स्थानीय तहको निर्वाचनका लागि गठवन्धन दलबाट तुलसीपुर उपमहानगरपालिकाको मेयर पदमा गेहेन्द्र गिरी, उपमेयर पदमा जोगबहादुर राना र वडा नं. ६ को वडा अध्यक्ष पदको उममेद्वार लोकराज डाँगी रहेका छन् ।
घरदैलो अभियानका क्रममा मतदाताहरुले सम्वृद्ध, भ्रष्टाचाररहित र सुशासनयुक्त नगर निर्माणका लागि गठबन्धदलको आवश्यकता रहेको समेत बताएका छन् ।
वडा नं. ६ले चुनावी घरलदैलो कार्यक्रम अन्र्तगत मंगलबार गाइडहर क्षेत्रमा मतदाता भेटघाट गर्ने कार्यक्रम रहेको सचिवालयले जनाएको छ ।
