२०८३ असार २७ गते शनिवार

गठबन्धनमा छैनन्, वागी उम्मेदवार


तुलसीपुर,बैशाख १७ । स्थानीय निर्वाचनको लागि तुलसीपुर उपमहानगरपालिकामा सत्तारुढ गठबन्धनका उम्मेदवारहरुका विरुद्धमा वागी उम्मेदवारी प्रयाए शुन्य रहको छ ।

उम्मेदवारी दिएकाहरुले पार्टीको आग्रहमा उम्मेदवारी फिर्ता लिए पछि बागी उम्मेदवारी दिएकाहरुको सबै उम्मेदवारी फिर्ता भएको गठबन्धन दलहरुले बताएका छन ।

गत मंगलबार भएको मनोनयन दर्ताका क्रममा गठबन्धनबाट वागी उम्मेदवारी दिएका मेयर, वडाध्यक्ष, सदस्य सबैले शुक्रबार उम्मेदवारी फिर्ता लिएका हुन् ।

वागी उम्मेदवारी दिएकाहरुले गठबन्धको उम्मेदवारहरुलाई समर्थन गर्दै उम्मेदवारी फिर्ता लिएको बताएका छन् ।

तुलसीपुर उपमहानगरपालिकाको मेयर पदमा वागी मनोनयन दर्ता गराएका धर्मराज पाण्डेले शुक्रबार उम्मेदवारी फिर्ता लिंदै गठबन्धनको तर्फबाट मेयर पदका उम्मेदवार गेहेन्द्र गिरीलाई समर्थनगरेका थिए ।

निष्ठाको राजनीति गर्ने गिरीको विजय सुनिश्चित गराउन आँफुले उम्मेदवारी फिर्ता लिएको भन्दै पाण्डेले गिरी लगायत गठबन्धनका उम्मेदवारको पक्षमा मत माग्न घर दैलोमा खटिने प्रतिवद्धता समेत व्यक्त गरेका छन् ।

त्यसैगरी तुलसीपुरका विभिन्न वडामा गठबन्धनका उम्मेदवार विरुद्ध वडाध्यक्ष पदमा वागी दिएकाहरुले समेत उम्म्ेदवारी फिर्ता लिएका छन् ।

तुलसीपुर उपमहानगरपालिका वडा नं. १ बाट वागी दिएका लोकराज भुसालले पनि उम्मेदवारी फिर्ता लिएका छन् ।

त्यसैगरी वडा नं.३ मा वागी उम्मेदवार राजन खड्का, वडा नं.४मा सुन्दर रोका, वडा नं.५ मा वागी दिएका मन्जित पुनले पनि उम्मेदवारी फिर्ता लिएका हुन् ।

त्यसैगरी वडा नं. ६ मा लिलाधर लम्साल, गिरीधारी पौडेल,वडा नं. १२ मा तिलक केसी, वडा नं. १८ मा हिम बहादुर डाँगी र वडा नं. १९ मा वागी दिएको पदम खड्काले पनि उम्मेदवारी फिर्ता लिएको नेपाली कांग्रेस तुलसीपुर नगरसभापति सुरेश हमालले जानकारी दिए ।

हमालले तुलसीपुरमा बागी र उम्मेदवारमा कुनै पनि गुनासो नभएको बताए । उनले गठबन्धन एक भएर चुनावी प्रचार अधियानमा लागेको बताए ।

नेकपा माओवादी केन्द्र तुलसीपुर नगर कमिटीका उपसभापति यज्ञ बहादुर केसीले चार दलिय गठबन्धन विरुद्ध वागी दिएका सबैको उम्मेदवारी फिर्ता भईसकेको बताए ।

अहिले गठबन्धनबाट तुलसीपुरमा वागी उम्मेदवार नरहेको उपसभापति केसीको भनाई छ ।

उनका अनुसार गठबन्धन विरुद्ध असन्तुष्टि जनाउने वागी दिएकाहरुलाई पार्टीले सही रुपमा व्यवस्थापन गरेर उहाँहरुको उम्मेदवारी फिर्ता गराएको केसीले बताए ।

पार्टीको निर्णय विरुद्ध गएर उम्मेदवारी फिर्ता नलिई पार्टीको निती विपरित गएकाहरुलाई पार्टीबाट निस्काशन गरिसकेको केसीले जानकारी दिए ।

त्यसैगरी नेपाली कांग्रेस तुलसीपुर नगर कमिटीका अध्यक्ष सुरेश हमालले पनि गठबन्धनबाट तुलसीपुरमा वागी उम्मेदवार नरहेको जानकारी दिए ।

गठबन्धनको जुनजुन पार्टीबाट वागी उम्मेदवार परेको थियो उही पार्टी शिर्ष नेताहरु बसेर उहाँहरुको आवश्यकता, दक्षता, क्षमता पार्टीले उपयुक्त जिम्मेवारी दिने शैद्धान्तिक सहमती भएको नगर सभापति हमालले जानकारी दिए ।

प्रकाशित मिति : २०७९ बैशाख १७ गते शनिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *