२०८१ मङ्सिर २७ गते बिहिवार

बाँकेमा क– कस्ले लिए उम्मेदवारी फिर्ता ?


तुलसीपुर, बैशाख १७ । बाँकेको नेपालगंज उपमहानगरपालिकामा स्वतन्त्रबाट उपप्रमुखमा उम्मेदवारी दिएकी एक महिलाले उम्मेदवारी फिर्ता लिएकी छन् ।

माओवादी केन्द्रकी उनले यसअघि पाँच दलिय गठबन्धन अनुसार माओबादीको भागमा नेपालगंजको मेयर÷ उपमेयर पद नपरेपछि असन्तुष्टि जनाउँदै स्वतन्त्रबाट उम्मेदवारी दिएकी थिइन । उनी संगै नेपालगंजमा ६ जना वडाध्यक्ष, ३ महिला सदस्य, २ सदस्य र थप १ जना दलित सदस्यले पनि उम्मेदवारी फिर्ता लिएको निर्वाचन कार्यालयले जानकारी दिएको छ ।

त्यस्तै नेपालगंजमा एक वडा अध्यक्ष र दुई वडा सदस्यको उम्मेदवारी भने रद्द भएको निर्वाचन कार्यालयले जानकारी दिएको छ । नेपालगंज– १७ मा नेकपा एमालेबाट वडाध्यक्ष पदमा उम्मेदवारी दिएका अजयकुमार पाठकको उम्मेदवारी रद्द भएको छ ।
उनलाई बैंकले कालो सूचीमा राखेको थियो । त्यस्तै नेपालगंज–३ मा दलित सदस्य पदका उम्मेदवार निर्मलादेवी वंशाकार र वडा नं. ७ मा सञ्जु वंशाकारले आवश्यक काजजात उपलब्ध उपलब्ध नगराएका कारण उनीहमरुको उम्मेदवारी पनि रद्द भएको निर्वाचन कार्यालयले जानकारी दिएको छ ।

त्यस्तै बाँकेको कोहलपुर नगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवारी दिएका बलराम शर्माले उम्मेदवारी फिर्ता लिएका छन् । नेपाली कांग्रेसका नेता शर्माले टिकट नपाएपछि असन्तुष्टि जनाउँदै स्वतन्त्र रुपमा उम्मेदवारी दिएका थिए। कोहलपुरमा सबै गरि १६ जनाले उम्मेदवारी फिर्ता लिएका छन् ।

प्रकाशित मिति : २०७९ बैशाख १७ गते शनिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *