तुलसीपुर ,वैशाख १६ । तुलसीपुरमा पाँच दलिय गठबन्धनका साझा उम्मेदवार तथा नेपाली काँग्रेसका केन्द्रीय सदस्य गेहेन्द्र गिरीलाई समर्थन गर्दै मेयर पदका स्वतन्त्र उम्मेदवार धर्मराज पाण्डेले आफ्नो उम्मेदवारी फिर्ता लिएका छन ।
तुलसीपुर उपमहानगरपालिका – ५ निवासी पाण्डेले नेपाली काँग्रेसका केन्द्रीय सदस्य गेहेन्द्र गिरीलाई समर्थन गर्दै आफ्नो उम्मेदवारी फिर्ता लिएका हुन ।
‘ गेहेन्द्र गिरी जस्तो योग्य उम्मेदवार मैदानमा रहेको हुँदा उहाँलाई बिजयी बनाउन सहयोग पुगोस भनेर उहाँलाई समर्थन गर्दै मैले उम्मेदवारी फिर्ता लिएको हुँ,’ पाण्डेले भने ‘ उहाँ जत्तिकै संघर्षशिल, राम्रो र इमान्दार नेतालाई सबै नगरबासीले अत्यधिक मतले बिजयी बनाउन अपिल गर्दछु ।’
निष्ठाको राजनीति गर्ने गिरीको बिजय सुनिश्चित गराउन आँफुले उम्मेदवारी फिर्ता लिएको भन्दै स्वतन्त्र उम्मेदवार पाण्डेले आँफुपनि गिरीकै लागि मत माग्न घर दैलोमा खटिने बताए ।