२०८१ मङ्सिर २९ गते शनिवार

दाङमा प्रमुख पदमा तीन जना मात्रै महिला उम्मेदवार

तुलसीपुर, बैशाख १४ । जिल्लाका दश पालिका प्रमुख पदमा महिलाको उम्मेदवारी न्यून मात्रामा परेको छ ।

राप्ती गाउँपालिकामा मात्रै नेपाली कांगे्रेसले पालिका प्रमुखमा महिला उम्मेदवार बनाएको छ । पालिका प्रमुखमा जगदम्बा चौधरीलाई उम्मेद्वार बनाएको छ ।

चौधरी २०७४ सालको स्थानीय तहको निर्वाचनमा कांग्रेसबाट उपाध्यक्षमा निर्वाचित भएकी थिइन् ।

त्यस्तै घोराही उपमहानगरपालिकामा राप्रपाले सरिता देवकोटालाई प्रमुख पदमा उम्मेदवार बनाएको छ ।

मंगोल नेशनल अर्गनाइजेशनबाट कल्पना चौधरीले पनि घोराही उपमहानगरको प्रमुख पदमा उम्मेदवारी दर्ता गराएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

प्रकाशित मिति : २०७९ बैशाख १४ गते बुधवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *