२०८१ मङ्सिर २७ गते बिहिवार

दाङका दश पालिका मध्य काँग्रेसबाट कहाँ÷ को पालिका प्रमुख र वडाध्यक्षका उम्मेदवार ?

तुलसीपुर,बैशाख १४ । यही बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि दाङका दश पालिकामध्ये अधिकांश पालिकामा गठबन्धनले एक्ला–एक्लै उम्मेदवारी दर्ता गराएका छन् ।

जिल्लाका दुई उपमहानगरपालिका, एक नगरपालिका र सात गाउँपालिका मध्ये दुई उपमहानगरपालिका र एक गाउँपालिकामा मात्रै गठबन्धन भएको छ । तुलसीपुर र घोराही उपमहानगरपालिका अनि बंगलाचुली गाउँपालिकामा मात्रै पाँच दलिय गठबन्धन भएको छ ।

जिल्ला दश पालिका मध्ये नेपाली काँग्रेसले एक उपमहानगरपालिकासहित सात गाउँपालिमा प्रमुखमा उम्मेदवारी दिएको छ ।
काँग्रेस केन्द्रीयस सदस्य गेहेन्द्र गिरी तुलसीपुरमा गठबन्धनबाट मेयरका उम्मेदवार हुन । त्यस्तै लमही नगरपालिकाको मेयरमा नेपाली कांग्रेसबाट जोगराज चौधरी उम्मेदवार छन् ।

त्यस्तै बबई गाउँपालिकाको अध्यक्षमा कुलबहादुर खत्री,दंगीशरण गाउँपालिकाको अध्यक्षमा शम्भु गिरी, शान्तिनगर गाउँपालिकाको अध्यक्षमा प्रमोद बस्नेत, राप्ती गाउँपालिकाको अध्यक्षमा जगदम्बाकुमारी चौधरी ,गढवा गाउँपालिकाको अध्यक्षमा सर्वजित डाँगी र राजपुर गाउँपालिकाको अध्यक्षमा शरद बुढाथोकीले उम्मेदवारी दिएका छन ।

तुलसीपुरमा कांग्रेसलाई ११ वडाध्यक्ष

तुलसीपुरमा कांग्रेसले ११ वटा वडामा अध्यक्षको उम्मेदवारी दिएको छ । गत निर्वाचनमा तुलसीपुरमा काँग्रेसले दशवटा वडाध्यक्ष जितेको थियो ।

तुलसीपुर वडा न।२ को वडाध्यक्षमा राजु आचार्य, ३ मा राजन खड्का, ५ मा बीरेन्द्रकुमार शाह, ६ मा लोकबहादुर डाँगी, ७ मा रामबहादुर जिसी, ८ मा जीतबहादुर केसी, ९ मा घनश्याम ढकाल, १० मा ध्रुव शाह, ११ मा खिमबहादुर वली, १३ मा ताराबहादुर कार्की, १४ मा शंकरकुमार खड्का र १७ मा थलराज पुरीले उम्मेदवारी दिएका छन ।

घोराहीमा कांग्रेसलाई १४ वडाध्यक्ष

घोराही उपमहानगरपालिकामा कांग्रेसले १४ वटा वडामा अध्यक्षमा उम्मेदवारी दिएको छ । वडा नं. २ मा बिष्णु घर्ती मगर, वडा नं. ३ मा माधव चौधरी, वडा नं.४ मा नारायण जिएम, वडा नं. ५ मा बिष्णुमणि दाहाल, वडा नं. ६ मा रेबबहादुर बुढाथोकी , वडा नं.७ मा कर्णबहादुर बुढाथोकी, वडा नं. ८ मा धनिराम चौधरी, वडा नं.९ मा शरद समिप, वडा नं. ११ मा नुमाकान्त दाहाल, वडा नं. १३ डल्लुराम पोखरेल, वडा नं.१५ मा रमेश पाण्डे , वडा नं. १६ मा ताराबहादुर डाँगी, वडा नं. १८ मा मधुसुदन अधिकारी र वडा नं. १९ मा ज्ञानबहादुर रायमाझीले वडाध्यक्ष पदमा उम्मेदवारी दिएका छन ।

प्रकाशित मिति : २०७९ बैशाख १४ गते बुधवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *