२०८१ मङ्सिर १७ गते सोमवार

एसईई चल्दै गर्दा कक्षा ११ को भर्नाको प्रचारप्रसार, कारबाही गर्ने महानगरको चेतावनी

काठमाण्डौ,बैशाख १३ । माध्यमिक शिक्षा परीक्षा ९एसईई० चलिरहेकै बेला केही विद्यालय र कलेजले कक्षा ११ मा भर्नाका लागि विज्ञापन र प्रचारप्रसार गरेको भन्दै काठमाण्डौ महानगरपालिकाले कारबाहीको चेतावनी दिएको छ ।

महानगरको शिक्षा विभागले आज मङ्गलवार सूचना निकालेर एसईईको नतिजा प्रकाशन भएपछि मात्रै कक्षा ११ को नयाँ भर्ना प्रक्रिया सुरु गर्नुपर्नेमा परीक्षा चलिरहेकै बेला नयाँ विद्यार्थी भर्नाको सूचना सम्प्रेषण गरेको भन्दै कारबाहीको चेतावनी दिएको हो ।

यस्ता प्रवृत्तिले गर्दा विद्यालयहरूबीच अस्वस्थ प्रतिस्पर्धा हुने र शिक्षा क्षेत्रमा अराजकता सृजना हुने भएकाले प्रचारप्रसार तत्कालै बन्द गर्न सूचनामा भनिएको छ ।

महानगरको शिक्षा विभागले एसईईको नतिजा सार्वजनिक भएपछि मात्रै कक्षा ११ को भर्ना प्रक्रिया सुरु गर्न पनि आग्रह गरेको छ ।

प्रकाशित मिति : २०७९ बैशाख १३ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *