दाङ, बैशाख १३ । निर्वाचन आयोगमा दल दर्ता नभएपनि जिल्लाका बिभिन्न पालिकामा बिप्लव नेतृत्वको नेकपाले स्वतन्त्र उम्मेदवारी दर्ता गरेको छ ।
सोमबार जिल्लाभरी नेकपाको समर्थन रहेका स्वतन्त्र उम्मेदवारहरुले निर्वाचन अधिकृतको कार्यालयमा पुगेर मनोनयन दर्ता गरेका हुन ।
तुलसीपुर उपमहानगरपालिकाको उपमेयर पदमा तुलसीपुर खानेपानी तथा सरसफाइ संस्थाका पूर्व अध्यक्ष खेमराज वलीले स्वतन्त्रबाट उम्मेदवारी दर्ता गरेका छन।
त्यस्तै तुलसीपुर उपमहानगरपालिका वडा नं. ३ को वडा अध्यक्षमा बालकृष्ण खराल, बजारको केन्द्र भाग वडा नं. ५ मा प्रेम बुढा, वडा नं. ७ मा भिमबहादुर डाँगी (किरण) ,वडा नं. ९ मा इश्वरीप्रसाद पाण्डे,वडा नं. १२ मा कुलबहादुर वली (प्रतिरोध) ,वडा नं. १४ मा मिनप्रसाद ढकाल (अरबिन्द) ,वडा नं. १५ मा सुन्दर विक (सुशील) र वडा नं. १९ मा खड्कबहादुर वलीले वडा अध्यक्षमा स्वतन्त्र उम्मेदवारी दर्ता गरेका छन।
त्यस्तै निर्वाचन क्षेत्र नं. ३ अन्तरगतकै शान्तिनगर गाउँपालिकाको वडा नं. ३ मा उक्त पार्टीका मनोज परियारले वडा अध्यक्षमा उम्मेदवारी दर्ता गरेका छन।
त्यस्तै बबई गाउँपालिका वडा नं. ४ मा नेकपाका हरिप्रसाद शास्त्रीले वडा अध्यक्षमा आफ्नो स्वतन्त्र उम्मेदवारी मनोनयन दर्ता गरेका छन।
निर्वाचन क्षेत्र नं. २ अन्तगरगत जिल्लाको घोराही उपमहानगरपालिकामा पनि नेकपाको तर्फबाट स्वतन्त्र उम्मेदवारहरुले मनोनयन दर्ता गरेका छन।
उपमहानगरपालिकाको वडा नं. १२ मा नरबहादुर बोहरा र वडा नं. ९ मा भुपेन्द्र वली (हिमाल) ले वडा अध्यक्षमा स्वतन्त्र उम्मेदवारी दर्ता गरेको बिप्लव नेतृत्वको नेकपा दाङले जानकारी दिएको छ ।
त्यस्तै निर्वाचन क्षेत्र नं. १ अन्तरगत बिप्लव नेतृत्वको नेकपाले गढवा गाउँपालिकाको अध्यक्षमा गणेश चौधरीले उम्मेदवारी दिएका छन ।
सोही गाउँपालिकाको वडा नं. १ मा यज्ञबहादुर कुमालले वडा अध्यक्षमा स्वतन्त्र उम्मेदवारी दर्ता गरेका छन।
सोही पालिकाको वडा नं. ५, ६ र ७ मा पनि स्वतन्त्र उम्मेदवारी मनोनयन दर्ता भएको छ ।
त्यस्तै राजपुर गाउपालिकाको अध्यक्षमा सर्जु यादवले उम्मेदवारी दिएका छन।
राजपुर कै वडा नं. १ मा भुमा महरा,वडा नं. २ मा तुल्सिराम भण्डारी, वडा नं. ४ मा रामप्रसाद हरिजनले वडा अध्यक्षमा स्वतन्त्र उम्मेदवारी दर्ता गरेका छन ।
नेकपाको केन्द्रीय समितीको १२औ पुर्ण बैठकले दल दर्ता गरेर चुनावमा भाग नलिने तर देशभक्त, राष्ट्रबादी , एमसिसी बिरोधी स्वतन्त्र जनपक्षीय उम्मेदवारलाई सहयोग तथा समर्थन गर्ने नीति लिएको थियो ।
केन्द्रीय समितिको उक्त निर्णय अनुसार आगामी बैशाख ३० गते हुने गइरहेको स्थानीय निर्वाचनमा नेकपाले उम्मेदवारी दिएको उक्त पार्टीले जानकारी दिएको छ ।
बिप्लवको जन्मथलो रोल्पामा कहाँ कस्को उम्मेदवारी ?
नेत्र बिक्रम चन्द –विप्लव) नेतृत्वको नेकपाले रोल्पा जिल्लाको बिभिन्न ६ पालिकामा स्वतन्त्र उम्मेदवारी दर्ता गराएको छ ।
रोल्पा इन्चार्ज केशबहादुर बाँठा (सुवाश) ले वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि रोलल्पाको ६ स्थानीय तहमा उम्मेदवारी दर्ता भएको जानकारी दिए ।
पार्टीका केन्द्रीय सदस्य तथा धादिङ जिल्ला इन्चार्ज चुडामणि वली (आदर्श)ले गंगादेव गाउँपालिका अध्यक्षमा उम्मेदवारी दर्ता गराएका छन ।
त्यस्तै उपाध्यक्षमा सुशीला वलीसहित वडामा समेत उम्मेदवारी दिएको छ । वडा नं. २, ३, ४, ५, र ६ नम्वरमा उम्मेदवारी दिएको उक्त पार्टीले जानकारी दिएको छ ।
वडा नं. २ मा टिकाराम नेपाली, ३ मा लालबहादुर वली, ४ मा नन्दे वली, ५ मा यमन मल्ल र वडा नं. ६ मा दिपेन्द्र खत्रीले (स्वतन्त्र) रुपमा उम्मेदवारी दिएका छन ।
जसमा वडा नं. ५ बाहेक सबै वडामा महिला सदस्य, दलित महिला सदस्य र खुल्ला सदस्यमा समेत उम्मेदवारी दिएको उक्त पार्टीले जानकारी दिएको छ ।
त्यस्तै परिवर्तन गाउँपालिका अध्यक्षमा लालबहादुर वली र उपाध्यक्षमा मीरा बुढामगरले उम्मेदवारी दिएका छन ।
परिवर्तनको वडा नं. १ बाहेक सबै वडामा उम्मेदवार दर्ता भएको उक्त पार्टीले जानकारी दिएको छ ।
गाउँपालिकाको वडा नं. २ मा अखिल (क्रान्तिकारी) दाङका अध्यक्ष अनिल केसी, वडा नं. ३ मा जिल्ला सदस्य पृथ्वी डाँगी, वडा नं. ४ मा जिल्ला सदस्य चित्रबहादुर बुढा (गणेश) , वडा नं. ५ मा खिमप्रसाद घर्ती शाह र वडा नं. ६ मा दिपक थापाले वडा अध्यक्षमा उम्मेदवारी दर्ता गराएको उक्त पार्टीले जानकारी दिएको छ ।
त्यस्तै बिद्रोही मानिने थबाङ गाउँपालिका अध्यक्षमा अमित घर्ती, अजय घर्ती र महेश बुढामगरले अध्यक्षमा स्वतन्त्र उम्मेदवारी दिएका छन् ।
यहाँ गाउँपालिकाको उपाध्यक्षमा रायबहादुर पुन मगरको उम्मेदवारी परेको छ । सोही गाउँपालिका वडा नंं. १ को अध्यक्षमा फर्के झाँक्री, वडा नं. २ मा तिर्थनारायण मिजार र वडा नं. ५ मा डुकमन रोकाले (स्वतन्त्र) उम्मेदवारी दिएको उक्त पार्टीले जानकारी दिएको छ ।
यी मध्य थबाङ गाउँपालिकामा दर्जित रोकामगरको समेत स्वतन्त्र उम्मेदवारी परेको छ ।
त्यस्तै जिल्लाको सुनिलस्मृति गाउँपालिका अध्यक्षमा कमल थापा र उपाध्यक्षमा दिपेश विष्टले उम्मेदवारी दिएका छन ।
सोही गाउँपालिकाको वडा नं. २ मा बेगमध्वज थापा र वडा नं. ६ मा सन्तोष सुवेदीले वडाअध्यक्ष पदमा उम्मेदवारी दिएका छन । सुवेदी नेकपाका विशेष कमिटी सदस्य हुन ।
त्यस्तै जिल्लाको लुंग्री गाउँपालिका अध्यक्षमा भूपेन्द्र खड्का क्षेत्री र उपाध्यक्षमा ज्ञानु माया विकले उम्मेदवारी दिएकी छिन ।
लुंग्रीको वडा नं. १ मा धनबहादुर खत्री, वडा नं. २ मा जितमान खड्का, वडा नं. ३ मा लिलाबहादुर घर्ती क्षेत्री, वडा नं. ४ मा टेकबहादुर विष्ट र वडा नं. ५ मा श्रवण कुमार रोकामगरले वडाअध्यक्ष पदमा उम्मेदवारी दिएका छन ।
त्यस्तै सुनछहरी गाउँपालिकाको अध्यक्षमा नेकपा नेता पुस्तमन घर्ती मगरले उम्मेदवारी दिएका छन् ।
स्रोतका अनुसार सुनछहरीमा नेकपाका (स्वतन्त्र) उम्मेदवार पुस्तमन घर्ती एमालेको सूर्य चिन्हबाट चुनावमा भाग लिन लागेका छन् । उनलाई सबैले स्वीकार गरेको स्रोतले बतायो ।
घर्तीले उम्मेदवारी दिएपछि नेकपा एमाले र नेपाली कांग्रेसले समेत उक्त पदमा उम्मेदवारी दिन सकेनन् ।
यहाँ उपाध्यक्षमा नेपाली कांग्रेसका कोमबहादुर बुढामगरले उम्मेदवारी दिएका छन । सुनछहरीमा एमाले र कांग्रेसले तीन ÷ तीनवटा वडा बाँडेका छन ।
त्यस्तै नेकपाबाटै (स्वतन्त्र) मा हेमन्त पुनले ६ नं. वडा अध्यक्षमा उम्मदेवारी दिएका छन ।
सुनछहरीमा नेकपाका केन्द्रीय सदस्य अमर झाँक्री (संजीव कुमार) अध्यक्ष हुने गरी तीन पार्टी बीच गठबन्धन गर्ने सहमति भएको स्रोतको दाबी छ ।
तर सहमतिपछि संजीवकुमारको मतदाता नामावलीमा नामै नभेटिएपछि पुस्तमन घर्तीलाई अध्यक्षमा अघि सारिएको स्रोतले जानकारी दिएको छ ।
बिप्लव नेतृत्वको नेकपाबाट रोल्पा नगरपालिका वडा नं. १० को वडाअध्यक्षमा धनबहादुर थापा र माडी गाउँपालिका –५ को वडाअध्यक्षमा प्रकाश खत्रीले (स्वतन्त्र( उम्मेदवारी दिएका छन ।
त्यस्तै त्रिवेणी गाउँपालिकाको ३ नं. मा वेदबहादुर पुन र ६ नं. वडामा खिमराज पुनले अध्यक्ष पदमा (स्वतन्त्र) उम्मेदवारी दिएका छन ।