२०८१ मङ्सिर १७ गते सोमवार

मैले जिते तुलसीपुरमा बिगतमा एमालेले गरेको बिकृति सफा गर्ने छु – काँग्रेस नेता गेहेन्द्र गिरी

एयरपोर्ट विस्तार गरि ठूला प्लेन चढ्न नेपालगंज भैरहवा जानु पर्ने बाध्यता अन्त्य गर्न लाग्ने छौं – जोगबहादुर राना

तुलसीपुर, बैशाख १२ । तुलसीपुरको मेयरमा उम्मेदवारी दिएका नेपाली काँग्रेसका केन्द्रीय सदस्य गेहेन्द्र गिरीले बिगतमा सत्तामा रहेकाहरुले गरेको बिकृति, बिसंगतिको अन्त्य गर्न आँफुले मेयरमा उम्मेदवारी दिएको बताएका छन् ।


सोमबार तुलसीपुरस्थित सरकारी वकिलको कार्यालयमा मेयरमा आफ्नो उम्मेदवारी दिएका पूर्व माननीयसमेत रहेका नेता गिरीले
आँफुले जितेपछि बिगतमा एमालेका नेताहरुले गरेका सबै बिकृति विसंगति सफा गर्ने जानकारी दिए ।

त्यस्तै गिरीले एमालेका मेयरले ६५ करोड जति तुलसीपुर उपमहानगरपालिकालाई ऋण लगाएको भन्दै आँफुले जितेपछि तुलसीपुरको आर्थिक अवस्था सुधार्न लाग्ने बताए ।

अहिले मेयर घनश्याम पाण्डेमाथि तुलसीपुरबासीलाई करोडौं ऋण तथा बेरुजु थपेको आरोप लाग्दै आएको छ ।
त्यस्तै मेयरका उम्मेदवार गिरीले तुलसीपुर–घोराही सडक खण्ड चारलेन बनाउने जिम्मा तुलसीपुरका मेयरका छोराले लिएर तीन बर्षसम्मपनि काम नगरेको हुँदा जनताले दुःख पाउनु परिरहेको बताए ।
स्मार्ट सिटी, टावर भनेर आँफुहरुले फुस्सा गफ नगर्ने बरु जनताका जनजीविकाको सवालमा काम गर्ने उनको भनाइ थियो ।

मेयरका उम्मेदवार गिरीले खाने पानी नभएको ठाउँका जनतालाई खाने पानी पु¥याउने, औषधी नपाएका गरिबलाई औषधी उपचारको ब्यबस्थापन गर्ने, पढ्न नपाएकालाई पढाउन आँफुले ध्यान केन्द्रित गर्ने बताए ।

नेता गिरीले आँफुले मेयरमा सहजै जित्ने दाबी गरे । पाँच दलिय मजबुत गठबन्धन हुनु र बिगतमा नेकपा एमालेका मेयरले नहुने सपना बाँडेर काम नगरेको हूँदा मतदाताले आँफुहरुलाई रोज्ने उनको तर्क छ ।

त्यस्तै गठबन्धन दलका उपमेयरका उम्मेदवार तथा नेकपा एकीकृत समाजबादीका केन्द्रीय सदस्य जोगबहादुर राना मगरले आँफुहरुले जितेपछि तुलसीपुरको समग्र विकाश र परिवर्तनको लागि काम गर्ने जोड दिए ।

रानाले तुलसीपुरको एयरपोर्टको धावन मार्ग बिस्तार गरि ठूला जहाज अवतरण हुन सक्ने बनाई हवाई सेवा सहज बनाउने प्रतिबद्धता जनाए ।
उनले भने ‘ बिगतमा जितेकाहरुले गफ मात्रै गरे तर हामी काम गरेर देखाउने छौं।’ जित्नेमा उनी ढुक्क सुनिए । जितेपछि गठबन्धन मिलेरै विकाश निर्माणमा खटिने उनले बताए ।

उनले पनि बिगतमा जितेका एमालेका नेताहरुको क्रियाकलापका कारण नगरबासी वाक्क दिक्क भएको हुँदा त्यसको फाइदा गठबन्धन दलहरुलाई हुने बताए ।

प्रकाशित मिति : २०७९ बैशाख १२ गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *