काठमाडौं,बैशाख ११ । नेपाली काँग्रेसले स्थानीय तह निर्वाचनको घोषणा पत्र सार्वजनिक गरेको छ।
प्रधानमन्त्री एवम् नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, उपसभापतिद्धय पूर्णबहादुर खड्का, धनराज गुरुङ, महामन्त्रीद्धय गगनकुमार थापा र विश्वप्रकाश शर्माले संयुक्त रुपमा सो घोषणा पत्र सार्वजनिक गरेका हुन्।
पार्टी केन्द्रीय कार्यालय सानेपामा नेपाली काँग्रेसको संकल्प नाम दिइएको सो घोषणा पत्र भर्खरै सार्वजनिक गरिएको छ।
पार्टीमा महामन्त्री थापाले सो घोषणा पत्रको सारांश गरेका हुन ।
प्रकाशित मिति : २०७९ बैशाख ११ गते आइतवार