तुलसीपुर, बैशाख ९ । लमही नगरपालिकामा भने फेरि उम्मेदवार बन्ने उदेश्यका ९ मध्य ८ वडाध्यक्षहरुले शुक्रबार नै पदबाट राजीनामा दिएका छन् ।
नेकपा एमालेबाट निर्वाचित वडा नं. १ का वडाध्यक्ष नुमराज सुबेदी, नेकपा माओबादी केन्द्रबाट वडा नं. ३ मा निर्वाचित वडाध्यक्ष बाबुराम चौधरी र नेपाली काँग्रेसबाट निर्वाचित वडा नं. २ का वडाध्यक्ष नेपबहादुर चौधरी, ४ का वडाध्यक्ष सुवाश न्यौंपाने, ६ का गणेशमान चौधरी, वडा नं. ७ का मोहन गिरी, ८ का मेघ नारायण चौधरी र ९ का भेषबहादुर केसी (रमेश) ले शुक्रबार पत्रकार सम्मेलन गरि राजीनामा दिएका हुन । यी वडाका अधिकाँस वडाध्यक्ष समेत राजीनामा दिएका छन् ।
नेकपा एमालेबाट निर्वाचित वडा नं. ५ का वडाध्यक्ष बिमबहादुर केसीले मात्रै पदबाट राजीनामा दिएका छैनन् । आइतबारसम्म राजीनामा दिन पाउने सुबिधा भएको हुँदा उनले के गर्छन ? त्यो भने प्रतिक्षाको बिषय बनेको छ ।
एमालेबाट निर्वाचित लमहीका मेयर कुलबहादुर केसी र काँग्रेसबाट निर्वाचित उपमेयर देबका बेलबासेपनि मेयरका आकाँक्षी रहेको हुँदा उनीहरुको पनि राजीनामा आउने जानकारहरु बताउँछन् ।
घोराहीमा क–कस्ले दिदै छन् राजीनामा ?
१९ वडाहरु रहेको घोराही उपमहानगरपालिकामा पनि अधिकाँस वडाध्यक्षहरुले राजीनामा दिने तयारी गरेका छन् । शुक्रबार कसैले राजीनामा नदिएको भएपनि आइतबार मनोनयन दर्ता गर्नु भन्दा पहिले राजीनामा बुझाउने तयारी गरेको स्रोतले बताएको छ ।
वडा नं. १ का वडाध्यक्ष, . ३ का वडाध्यक्ष, ४, ५, ६, ७, ९, ११, १५, १८ र १९ नम्बर वडाका वडाध्यक्षहरुले राजीनामा दिने तयारी गरिरहेका छन् ।
घोराहीका मेयर नरुलाल चौधरी र उपमेयर सीता सिग्देल न्यौंपानेलाई फेरि एमालेले मेयरको रुपमा नाम सिफारिस गरेको हुँदा उनीहरुको पनि राजीनामा आउने जानकारहरु बताउँछन् ।
तस्बिर : शिबराज खनाल ।