२०८३ भाद्र १० गते बुधवार

काँग्रेसले गढवा गाउँपालिकामा एक्लै चुनाव लड्ने

तुलसीपुर,बैशाख ९ । नेपाली काँग्रेसले गढवा गाउँपालिकामा एक्लै चुनाव लड्ने भएको छ । काँग्रेस गढवाको आज बसेको बैठकले एक्लै चुनाव लड्ने निर्णय गरेको हो ।

बैठकमा गढवा गाउँपालिकाका सातवटै वडा सभापतिको समेत उपस्थिति थियोे । गढवाको इकाई समितिले एक्लै चुनाव लड्ने निर्णय बारे दाङ काँग्रेसलाई लिखित जानकारी समेत गराएको छ ।

अन्य दलले हैसियतभन्दा धेरै भाग खोजेकाले गठबन्धन अस्विकार गरी एक्लै चुनाव लड्ने निर्णय गरिएको पालिका सभापति किरण पौडेलले जानकारी दिए ।

प्रकाशित मिति : २०७९ बैशाख ९ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *